सोनिशा दाहाल खत्री
हाल ः बिरानो परदेश
हामी भबिष्य निर्माण गर्नको लागि राजधानी काठमाण्डौ गएका थियौ । उ संग पछीमात्र सामाजिक सञ्जालमा चिनजान भएको थियो । बिस्तारै माया प्रेमको कुराकानी हुन थाल्यो , तर भविष्य निर्माण कसरी गर्ने भन्नेमानै बढी चिन्ता हुन्थ्यो । काठमाडौमा घर देख्ने सपना सबैको हुन्छ । उसको त्यो सपना भएर पनि मलाई उसले प्रोमिस गर्यो, घर बनाउन सक्ने हिम्मत गर्छु भन्दै एउटा कोठा हामिले भाडामा लिएर बसेका थियौ ।
राजधानीले हामीलाई साथ नदिएपछी मेरो बारम्बारको जिद्दीले काठमाडौ छोड्ने निर्णय भयो । हामी आ–आफ्नो घरतिर प्रस्थान गर्ने भयौ । मेरा झोला भरी उसले खै के समान किनेर भरिदियो । उसले भन्यो कि म तिमिलाई तिम्रो घर पुर्याएर फर्किनेछु । अनि पछि भेटौला , गाडिको टिकट लिएको कुरै थाहा भएन । २ वटै टिकट उसको घर पुग्ने रहेछ । अनि मैले भने यो के गरेको तिमिले ??
उसले मलाई उसको घर भगाएर लग्यो । म जबर्जस्ती भन्दै थिए तिमिसंग जान्न । उसलाई आफ्नो एक्लो जिन्दगी चलाउन त धौधौ थियो । फेरि म थपिदिदा उसलाई मेरो जिम्मेवारी पनि आइलाग्थ्यो । । म तिमीबाट टाढा कसरी हुनु त म कि तिम्रै घर तिमी संग जान्छु कि तिमी म संग जानू पर्छ मेरो मुटु उसले भन्यो, हुन्छ मैले नि जानेको छु भन्दै हामी उसको घर पुग्यौ ।
उसले चुरोट खाने पैसा बचत गरेर मेरो लागि, शिरमा कपाल च्याप्ने काटा देखि पैतालोमा चप्पल सम्म सम्पुर्ण खर्च गर्दथ्यो । आफू दुखी रहेर १८ घण्टा काम गरेर भएनी मलाई संसारको खुशी दिन्थ्यो । तर म उसले गरेको दुखमा कहिले खुशी हुन सकिन ।
यति धेरै मलाई माया कसैले गरेको थिएन । भुइँमा झोला राख्न नपाउदै तिमी गलेको छौ हकि? भन्दै खाजा बनाउन लाग्यो । ममि बाबा मेलाबाट आइपुग्नु भो । मैले दर्शन गरे, ए छोराको साथी हैन त? हजुर म मैले भने । हामि सबै गफ गर्दै खाजा खायौ । उसले भन्यो म नुहाएर आउछु है मुट, मैले सोचे दाउ यहि हो भाग्नु पर्छ भन्ने लाग्यो । यतिकैमा मैले मेरो झोला टिपे अनि भने ममि बाबा बस्नुस है म त साथी पुर्याउन मात्रै आएकी हु भन्दै जिद्दीले हिडे ।
उसले मलाई तिमीलाई पुर्याउछु भनेर हिडेका थियौ । अनि मैले उसलाई घर पुर्याएर म हिडे । ऊ धारामा नुहाउदै थियो । पुलुक्क माथी जङ्गलतिर के हेरेको थियो,मलाई देख्यो ,उसले म हो कि हैन कन्फ्युज्मा पर्यो, साझको डुब्न लागेका पहेला घाम थिए, मैले नि छोड्न त कहाँ सक्थे र रुदै उकालो जङ्गलको बाटो फर्किदै हेर्दै गरे, ममिले हैन कान्छा तेरो कस्तो साथी आज नि बस्न नसक्ने भने पछि म हो भन्ने कुरा थाहा भयो, अनि उ हतारमा दौडियो उसले गर्न केही सकेन आखाले भ्याए सम्म ऊ पारिको जङ्गल पर पुग्दा सम्म मलाई हेरिरहेको थियो । उसले मेरो लागि गर्ने दुख देखेर मैले मेरो माया गुमाएर म भागे, हो कसैलाई मेरो लागि दुख गर्न दिने मन छैन ।।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]