११ जेठ २०७७–खोटाङ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । यो अवस्थामा पनि कतिपय व्यक्तीले नक्कली बिरामी, नक्कली गर्भवती, नक्कली मृतक खडा गरेर यात्रा गर्ने गरेको पाइएको छ ।
यस्तै क्रममा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडामा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट पाँच जना स्थानीयहरु गाउँ आएको जानकारी आएको छ ।
२० वर्षअघि मृत्यु भएका थापा थरका आफन्तको गत जेठ ८ गते मृत्यु भएको कागज तयार गरेर मृत्यु संस्कारका लागि शनिबार गाउँ आएको खुलेको हो । मृत्यु संस्कारको किर्ते कागज बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका स्थानीय रहेको जानकारी आएकको छ ।
ईलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलव्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएको भनी नक्कली कागजात बनाएर गाँउ आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो । तर, उनीहरुले ईलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेको खबर आएको छ ।
नक्कली मृतकको कागजात तयार पारेर पाँच जिल्ला पार गरेको र दिक्तेल पुगेको जानकारीका आधारमा गाउ आएका पाँच जनालाई शनिबार साँझदेखि नै दोर्पा चिउरीडाँडको अन्नपूर्ण माबिको क्वारेन्टाइनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताएकाछन् ।
यस अघी पनि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर ईटहरीबाट एम्बुलेन्समा आएपछी एम्बुलेन्सलाई नियन्त्रणमा लिई नक्कली गर्भवतीलाई र एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखेको जानकारी आएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]