दिबस रिजाल – १२जेठ-खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको आयोजनामा कोरोना भाइरस (कोभिड -१९ )राेकथाम तथा न्यूनीकरणका लागि खटिएका स्वास्थ्यकर्मी ,पत्रकार , सुरक्षाकर्मी र क्वारेनटाइनमा रहेका १९ जना गरि ८५ जनाको स्वाव संकलन गरिएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका को दिक्तेल बजार स्थित सरस्वतीमाविमा आज गरिएको स्वावसङ्कलनमा ८५ जनाको स्वाव सङ्कलन गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तिर्थराज आचार्यका अनुसार सोमबार गरिएको स्वाव सङ्कलनमा ८५ जनाको स्वाव सङ्कलन गरिएको सााथै अरु थप आबश्यक्तानुसार गरिने बताए । उनका अनुसार आरडिटि गर्ने काम यस नगरको जारी रहेको र आजै बुईपा र नेर्पामा रहेका क्वारेनटाइनका ब्याक्तिहरुलाई आरडिटी परिक्षण गर्ने बताए ।
१ सय ५ जनाको स्वाव सङ्कलन गर्दा खोटाङमा एक जना ब्याक्तिको मात्रै रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्प्पताल ले बताएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]