१३ जेठ २०७७–खोटाङ । जिल्लाको बिभिन्न स्थानमा गरी एकै दिन ४ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
६ दिनदेखि सम्पर्क बिहिन बनेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ वतासेस्थित वालिङ्खा प्राविका प्र.अ. समेत रहेका ज्ञानबहादुर श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायिक बनस्थित भुसुने खानेपानी योजनाको ट्यांकी नजिकै सखुवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताएकाछन् ।
आजै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ८३ वर्षीय बृद्धा मायाँलक्ष्मी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय पुण्यबहादुर बस्नेत पनि मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा्चिउरीडाँडास्थित छोरीको घर गएर फर्कनेक्रममा जेठ ८ गतेदेखि हराएकी मायाँलक्ष्मीको शव सोमबार राती दोर्पा्चिउरीडाँडाकै मेवाखोला दोभानमा फेला परेको र निजको लडेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारको भनाई रहेको छ ।
खाल्ले निवासी बस्नेतले भने मंगलबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्र्टमार्ट गरेर आफन्तलाई जिम्मा लगाई सकिएको प्रहरी निरिक्षक खेरवारले बताएकाछन् ।
आजकै दिन दिप्रुङ चुइचुम्मा गाउपालिका वडा नं.४ बतासे वारेम्तुङकी तारादेबी राई अचानक बिरामी परी आपतकालिन उपचारका लागि काठमाण्डौ लैजान सरकारी प्रकृया पुरा गरी हेलिकोप्टर चार्टर गरेर उडाएको ४० औ मिनटमा मौसमका कारण हेलिकोप्टर रामेछापको आकाशबाट नै फर्किई बिरामी लाई ल्याउन नसक्दा निज तारादेबी राईको मृत्यु भएको नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]