दिबस रिजाल ! जेठ १३ खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकास ठाउँमा हावाहुरीले किसानले लगाएको मकैबाली लाई असर पुर्याएको छ ।
किसानहरूले लगाउने दोस्रो ठूलो अन्नबाली मकैलाई लगातार आएको हावाहुरीको कारणले क्षति पुर्याएपछी किसान चिन्तित भएका छन् ।
नगरपालिका भित्रका दोर्पा नेर्पा लफ्याङ र दिक्तेलका केही भागमा मकै आसिक रुपमा कोहि लडेका छ्न त केही भाचीएका छन् ।
लकडाउनको समस्या खेपिरहेका किसान अहिले हावाहुरीले मकै सखाप पार्दा किसान थप चिन्तामा पुगेका हुन्
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न १ का किसान चक्र रिजाल भन्नुहुन्छ किसानको मर्का बुझ्ने कोहि छैन, उहाँ भन्नुहुन्छ मकै त कोहि उठाएर बाधिउ तर यस्तो मकै पछि गएर घोगा लाग्दैन,।
मकैबालिलाइ कहिले फौजिकिराले त कहिले प्रकृतिले धोका दिएकै पाइन्छ । फौजी किराको आक्रमण लाई जसो तसो झेलेर नियन्त्रण गर्न सफल किसान अहिले सुत्ला च्याप्न लागेका बखत प्रकृतिको यस्तो नजाराले आम किसानले सुख र सुबिधा र संतोषजनक कृषि खेती गर्न पाएका छैनन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]