१३ जेठ २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा आफ्नो क्षमता, दक्षता, योग्यता र सिप हासिल गरेका तथा आफुले उक्त सिपको प्रयोग गर्न नपाएको श्वास्थ्य क्षेत्रको ज्ञान भएकाहरुले कोभिड १९ को संक्रमण वा अन्य कुनै महामारीलाई न्यूनिकरण गर्न पालिकामा आवश्यक्ता परेको बेला सेवा प्रवाह गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरेको जानकारी प्राप्त भएको छ ।
पालिका भित्र भएका (डाक्टर, वि.एस.सि. नर्सिङ ,हेल्थ असिस्टेन्ड ,स्टाफ नर्स, अ.हे.व,. अ.न.मी., ल्याव टेक्नीसियन, ल्याव असिस्टेन्ड,फार्मेसी) जस्ता दक्ष जनशक्तीहरु जसले आफ्नो क्षमताको प्रयोग गर्न पाईरहका छैनन् उनिहरू संग यही जेठ १२र१३ गते गाउँपालिकामा बैठक बसेर उक्त निर्णय गरेको गाँउपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिएकाछन् ।
उक्त बैठकमा २५ जना दक्ष ब्यक्तीहरुले भविश्यमा पालिकामा फैलन सक्ने कोभिड १९ को संक्रमण वा अन्य कुनै महामारीलाई न्यूनिकरण गर्न पालिकामा आवश्यक्ता परेको बेला सेवा प्रवाह गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरेको पालिकाका श्वास्थ्य संयोजकले जानकारी गराएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]