• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

कोरोनाको कहर र शिक्षाका आँखीझ्यालहरु ।

१४ जेष्ठ २०७७, बुधबार ०७:३५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ८ मिनेट
देश पोस्ट
  • ८०८ पटक पढिएको
  • राजकुमार मोक्तान,तामाङ
    लेखक ः सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक हुन् ।

    शिक्षा ज्ञान,शीप र अभिवृत्तीको समस्टी«गत रुप हो । ज्ञान सिप र अभिवृत्ती बिच अन्योन्याश्रित सम्वन्ध रहेको हुन्छ किनकी ज्ञान विना सिप अर्ध हुन्छ , सिप विनाको ज्ञान अर्मुत हुन्छ । अभिवृत्तिविनाको ज्ञान सिप कचल्टो हुन्छ । यि सवैलाई पूर्ण वनाउने साधन सार्थक र जीवन उपयोगी सिकाई हो । जसले आजको जस्तो जटिल र विसम परिस्थिती सहज रुपमा वाँच्न,जीवनको मार्गचित्रलाई भविस्यवाणी गर्न, हामीलाई समकालिन समाजमा समायोजन हुन सिकाउछ, आमाबुबाको सामाजिक प्रतिष्ठा,मान सम्मान र इज्जतलाई सदिऔं सम्म बचाइ राख्न प्रेरणा प्रदान गर्दछ,जीवनलाई सरल,सहज, अर्थपुर्ण र सार्थक बनाउछ ,मानवियताको पाठ सिकाउछ अनि नैतिकवान, चरित्रवान र कत्वर्यनिष्ठ बनाउन सहयोग गर्दछ भन्ने तथ्यलाई आज विश्व भरी फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभरका मानवजातिहरुलाई राम्रो पाठ सिकाएको छ ।

    शिक्षा साध्य होइन साधन हो । यसको रुप फरक फरक हुन्छ । औपचारिक, अनौपचारिक, अनियमित आदी । विश्वमा भएका शिक्षा सम्वन्धी अध्ययन अनुसन्धानहरुले शिक्षाको औपचारिक स्वरुप भन्दा अनौपचारिक र अनियमित स्वरुपमा बढि तागत भएको स्पष्ट पारेका छन् । आज हामीले विद्यालय तथा विश्वविद्यालयबाट प्राप्त गरेको केहि परीक्षा केन्द्रित कितावी ज्ञानले केवल आज हामीलाई दिन प्रतिदिन विश्वमा विष्फोटन भएका नयाँ नयाँ ज्ञान , समकालिन समाजको दर्शन र स्वतन्त्र अभिव्यक्त गर्ने विचारलाई सिमित वनाएको छ ।

    शिक्षारुपी दौडलाई पाठ्यक्ररुपी मैदानमा दौडाउने प्रमाणपत्रधारी हामी शिक्षीत वर्गमा अहमता र घमण्डको सीमा फराकिलो हुदै गएको छ । मानवताको खडेरी वढदै गई मानवतावाद प्रतिस्थापनदरमा पुग्न आटेको अवस्था विद्यमान छ । शिक्षालाई समाज परिवर्तन,रुपानान्तरण र जीवन, जगत र समाजको दर्शनको आधारको रुपमा भन्दा पनि कितावी ज्ञान र रोजगारीको आधारको रुपमा परिभाषित गरिदिदाँ,बुझिँदिदा आज लाखौ वालवालिकाहरु त्यहि कुराको काल्पनिक संसारमा रुमलिएर सानो कलिलो वाल्यकालको उमेरदेखि नै गृहकार्यको नाममा, कक्षाकार्यको नाममा,शिक्षिक शिक्षिका र आमावाबुले सिकाउने नाममा, कितावको पानामा भविस्य खोज्ने नाममा, शिक्षकले दिने दण्डको नाममा, मनोवैज्ञानिक रुपमा सिकाइ सिक्न तयार नभएको अवस्थामा लाखौ वालवालिका सिकाइको नाममा शिकार भइरहेको विद्यमान अवस्था छ ।

    शिक्षाका विभिन्न नविनतम विधि पद्दति सिद्दान्त नयाँ नयाँ दृष्टिकोण विकास भएका छन्, तर तिनीहरु कागजी पानामा मात्र सिमित रहेका छन् । आज भयरहित,दण्डरहित, वालमैत्री, अपांगमैत्री, वालकेन्द्रित,मानवअधिकारमा आधारीत शिक्षा, सामाजिक न्यायको सिद्दान्तमा आधारीत शिक्षा र समावेशी शिक्षा आदि जस्ता धेरै सिद्दान्त र दृष्टिकोणहरुको विकास त शिक्षाको नाममा गरिने व्यापार हो, किनकी यसको कार्यान्वयन पक्ष अत्यन्तै जटिल र व्यवहारीकतामा समस्या देखिन्छ । जव कक्षा कोठामा वालवालिकाहरुलाई पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तु सिकाउन प्रवेश गरिन्छ तर उनीहरु मनोवैज्ञानिक रुपमा सिकाइ सिक्न तयार छैनन् किनकी उनीहरुले सिकाइको सिद्दान्तले निर्धारण गरेका कुराहरु उपभोग गर्न पाइरहेका छैनन् अनी हामी विश्वविद्यालयमा पढेका सैद्दान्तिक शिक्षाका नियम अभ्यासको नियम,असरको नियम र तत्परताको नियम आदि प्रयोग गर्ने प्रयत्न गरिन्छ ।

    यो त मात्र कक्षाकोठा व्यवस्थापनका लागि र विद्यार्थी कक्षा सहभागिता र सक्रियताकालाई मात्र रहेछ । सव भन्दा व्यवस्थापन पक्षको जटिल पक्ष त तनावको व्यवस्थापनको पक्ष मूख्य रहेछ अनी शिक्षण सिकाइका कार्यनीतिहरु मध्ये हुकुमवादी शिक्षण कार्यनीति र स्वतन्त्रतावादी शिक्षण कार्य नीति कुन प्रभावकारी सिकाइको शिक्षण कार्यनीति समय सान्र्दभिक र उपयोगी छ भन्ने कुरा सिकाइको प्रकृति,विषयवस्तुको स्वरुप, प्रकृति र कक्षाकोठाको वातावरणले निर्धारण गर्दोरहेछ । सिकाइ त त्यति खेर हुदो रहेछ जव विद्यार्थी हामी शिक्षकले प्रदान गरेको वा प्रदान गरेको सिकाइ विद्यार्थीले सो को प्रयोग गरेमा र रिसिभ गर्न स्टोरेज वा विद्यार्थीको दिमाग खाली भएको अवस्थामा मात्र सम्भव हुदोरहेछ । यो यान्त्रिकीकरणको नियम र सिद्दान्तले भन्छ र यसमा वास्तविकता पनी छ ।

    आज विश्वमा विकास भएका पश्चिमेली र पूर्वेली दर्शनमा शिक्षाको स्वरुप,यसको मूल्य, मान्यतालाई हेर्दा अनपढ र पढ, शिक्षित र अशिक्षित छुटयाउने आधार के हो स्पष्ट भन्न गाहो्र छ । पहिले पहिले धर्म शास्त्र पढेका, त्यसको ब्याख्या गर्न सक्ने व्यक्ती विदृवान ,कहलिन्थे । आजकल परीक्षाको वातावरणको विश्वसनियता, उत्तरपुस्तिका परिक्षणको विश्वसनियता,परीक्षाफल प्रकाशन लगाएत अन्य मूल्यांकन सँग जोडिएका पक्षहरुको विश्वसनियता र वैधतामा प्रश्नचिन्ह उठेकाले विश्वविद्यालयहरुका उत्कृष्ट विद्यार्थीहरुले प्राप्त गरेको स्वर्ण पदक माथि छानविन गरि धेरै स्वर्ण पदक विजेताहरुलाई अख्तियारले समातेको कुरा हामी सवैमा विद्यमान छ । यसरी स्नातकोत्तर, एम.फील. र विद्यावारिधी गर्नेहरुको भीड पनि नेपालमा कल्पना भन्दा वाहिर नै छ भन्ने कुरा माथिको घटनाले स्पष्ट पार्दछ यस्तै व्यक्तिहरुको भीडलाई शिक्षाविद्दको –विद्वान) उपमा दिइयो जसले शिक्षामा परिवर्तन रुपानान्तरणको मार्गचित्रण र योजना भन्दा पनि शिक्षकहरुलाई गाली गलोज गर्ने सेमीनारमा भत्ता पचाउने भन्दा अरु केहि प्रवृत्तिको विकास भएको छैन । यो वास्तविकता हो । फेरी नेपालमा शिक्षाविद्द छैनन् त भन्ने प्रश्न उठन सक्छ ? छन तर तिनीहरुले काम गर्ने अवसर नै पाउँदैनन् । यो प्रमाणपत्र प्राप्त गरेकै आधारमा विद्वान मान्नु पराम्परागत आँखाले शिक्षालाई हेर्नु हो ।

    हामी शिक्षकहरुको आखाँले शिक्षालाई हेर्दा विद्यार्थीहरुले प्राप्त गरेको उपलब्धी र प्राप्ताङ्कलाई आधार मानेर हेर्छौ तर विद्यार्थीको व्यवहार र उसले प्राप्त गरेको सिकाइ उपलब्धी वीचको समानान्तर, विश्वसनियता र वैद्यता परीक्षाको वातावरण आदिलाई कहिले मापन गर्ने,मूल्य निर्धारर्ण गर्ने र त्यहि अनुशार श्रेणी र स्तर निर्धारण गर्ने र व्यवहारीक जीवनमा त्यसको उपयोगीता कहिले हेदैनौं वरु राम्रो अंक आएकोमा गर्व गर्छौ र विद्यालयको संस्थागत र व्यवहारीक पक्षको विज्ञापन गर्छौ अनी मख्ख पर्छौ । जसले विद्यार्थीको सिकाइ उपलब्धीलाई स्थिर र चिरस्थायी बनाउदैन भने उसको व्यवहारीक जीवनमा पनि समस्या आइरहेको हुन्छ । अव फेरि शिक्षालाई आधुनिक आँखाले हेर्दा क्षमता र कुसलता भएकालाइ शिक्षित देखिन्छ । माक्सवादीकोणबाट चिहाउदा उत्पानमुखी श्रमसँग जोडने ल्याकत भएकाहरु शिक्षित देखिन्छन् । प्रयोजनवादी दृष्टीबाट हेर्दा जीवन उपयोगी र व्यावहारीक ज्ञान सीपधारी व्यक्तीमा विदता देखिन्छ ।

    आर्दशवादी दृष्टीकोणबाट हेर्दा सत्यम, शिवम सुन्दरमको सारतत्व वुझेको व्यक्तिहरुको भीडलाई शिक्षित,विद्वान र शिक्षाविद भनी परिभाषित गरेको देखिन्छ । हिन्दु दर्शनबाट हेर्ने हो भने धेरै पढेको, भाषणकला भएको, अर्ती उपदेश दिन सक्ने,प्रवचन दिन सक्ने आदिलाई शिक्षित वर्ग भनि परिभाषित गरेको पाईन्छ । स्वामी विवेकानन्दको दृष्ट्रिकोणमा योग तपस्या ध्यान केन्द्रित गर्न सक्ने साइको टायपको व्यक्तिलाई विद्वान भनियो । वौद्द दर्शनले सत्यको मार्गमा हिडाउन डोरयाउन सक्ने व्यक्तिलाई विद्वान भनि ठम्यायो । अहिलेको आधुनिक सूचना र प्रधिधिको यूगले प्रविधिमा निपुर्ण ज्ञान भएको व्यक्तिलाई र आविस्कारहरुलाइ विद्वान भनी ठम्यायो भने विश्वमा तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले मानवतावादी र आत्मनिर्भर वनाउने जीवन उपयोगी शिक्षाको आवश्यकता अपरीहार्य रहेको कुरालाई अवगत गरायो । युनेस्कोको चार स्तम्भले शिक्षा बाच्नका लागि,सिक्नका लागि,केहि गर्नका लागि र सगै वस्नका लागि हुन पर्दछ भन्ने कुरामा जोड दिएको छ जुन केहि हद सम्म जीवन उपयोगी शिक्षाको परिभाषा सगँ मेल खाने देखिन्छ ।

    शिक्षाविद्दहरु शिक्षकहरुलाई कहिले कक्षाकोठामा सामाजिक दुरी कायम गरेर पढाउन पठाउनु पर्दछ भन्छन, कहिले घर घरमा पढाउन पठाउनु पर्दछ भन्छन, कहिले मोवाइल स्कूल खोल्नु पर्दछ भन्छन, कहिले ओन लाइन कलास गर्नु पर्छ भन्छन । अव यस्तो अवस्थामा हामी शिक्षकहरु वस्तविक सिकाइ कस्तो वातावरणमा हुदो रहेछ र विद्यार्थीहरुको वसाइ व्यवस्थापन हामीले सिकेको यू आकार,भी आकार, वृत आकार,अर्धवृत आकार र परम्परागत बसाइ व्यवस्थापन कस्तो अवस्थामा विद्यार्थी वसाइ व्यवस्थापन गर्दा सामाजिक दुरी कायम भइ विद्यार्थीहरुको तनाव व्यवस्थापन गरी मनोवैज्ञानिक रुपमा सिकाइकालागि तयार गर्ने भन्ने विषयमा हामी शिक्षकहरु सधै अन्योलमा परिन्छ । सिकाउने कुराहरु अभ्यासमा नै वितिरहेको कुरा विद्यमान छ भने पाठयक्रम पनि प्रयोगको चरणमा अभ्यासमा नै रहेको छ र परिवर्तन भइरहन्छ भने विश्वमा पाठ्यक्रमका मोडलहरु प्नि चक्रिय,तार्किक ,गतिशिल हुदै के के हो के वुझ्नै गाह्र्रो छ ।

    जसको प्रयोग थलोको रुपमा नेपाल विकास भइरहेको कुरा विद्यमान नै छ । भाषागत दुविधा पनि त्यतिकै छ जस्तै माध्यमिक तहमा अंग्रेजी माध्यमबाट पढाइ भएका विद्यायलले सामाजिक विषय नेपाली भाषामा पढाउनु पर्ने भन्ने कुरा आएको छ यो पहिला देखि नै नेपाली भाषामा हुनु पर्ने हो किनकी यो विषयमा खास विश्वका हरेक घटना,भूगोल,लगायत अन्य विविध विषयवस्तुहरुलाई नेपालको भूगोल र समाजका हरेक पक्ष सगँ जोडेर समाजका हरेक पक्षको गहिरो अध्ययन अनुसन्धान गर्नु हो । यसरी यी विविध पक्षहरुलाई हेर्दा विधता नाप्ने कुनै निश्चित एकाइ र कसी पत्ता लगाउन गाहो्र छ ।

    त्यसैले शिक्षित वर्गले (विद्वान वर्गले) रुखमा पलाएको टुप्पोको जस्तो व्यवहार नदेखाइ,योजनालाई भन्दा पनि पावर र प्रेस्टिजको गुलामी नवनी, हिटलर र मुसुरुनीको जस्तो रवाफ र व्यवहार नदेखाइ र अरुलाई आफ्नो आखाँबाट अशिक्षित, अनपढ र मुर्ख नठानी समाजमा अनुकरणीय योगदान क्षमता पर्दशन, सामाजिक सदभाव,भाइचारा,अपनत्व,श्रमको सम्मान,भेदभावरहित सामाजिक वातावरण निर्माण,हरेक क्षेत्रमा सवै वर्ग क्षेत्र लिङ,जातिको समान पहुचँको सुनिश्चितताको वातावरण निर्माण र मानवतावादको सफल प्रयोग गर्ने दिन विश्व महामारीको रुपमा फैलिएको कोरोनाले अवसर दिएको छ जसलाई सफल प्रयोग गर्न सैद्धान्तिक रुपमा जति भाषण दिन विद्धत वर्ग सफल हुनुहुन्छ अव कार्यान्यवन गर्ने अवसर पनि दिलाइ दिएको छ यति व्यवहारीक रुपमा शिक्षा सम्वन्धी विद्धत वर्गले प्रतिपादन गरेका सिद्धान्तहरु, उहाँहरुले वोलेका कुराहरु कार्यान्यन गर्ने तरिका वा बाटो सिकाइ दिएको खण्डमा शिक्षामा कायपलट हुने निश्चित देखिन्छ, नभए शिक्षाविद्धको उपमाको मापन,विश्वसनियता र वैधतामा प्रश्नचिन्ह उठन सक्छ ? हामीले वुझ्नु पर्ने कुरा के छ भने चाणक्यलाइ विदृवान त्यसै मानिएको होइन किनकी उनले अर्थशास्त्रीय ज्ञानलाइ व्यवहारमा प्रयोग गरे, चाणक्य नीति लागु गराए । उनको विदृताले लामो समयसम्म राज्य संचालनमा सहयोग पुग्यो ।

    प्रश्न यो हो की उनले कति पढेका थिए र विदृवान भए । यो त उसको दुरदृष्टि र मानवप्रतिको सकारात्मक सोच ,व्यवहार र कार्यान्यवन गर्न सक्ने तागत ले भएको हो । वुद्दले हिडेको मार्ग र यात्रालाई सत्यमार्ग र शाहशी मार्ग भनिन्छ किनकी वुद्दले जुन मार्ग तय गरि पुरा गरी विश्वका तमाम मानवहरुलाई त्यहि मार्गमा हिडाउन सफल भए जसको दर्शनले आज विश्वमै प्रभाव पारेको छ । उहाँकै दर्शनमा आज तमाम विद्यावारिधी भएका छन् । नेपाल लगाएत विश्वका कुनाकुनामा विश्वविदयालय खुलेका छन् । जसले मानवता र शान्तीको पाठ सिकाएको छ । साच्चै वुदृले कति पढेका थिए । के वुद्दले प्रमाणपत्रधारी शिक्षा प्राप्त गरेका थिए, ÷थिएनन यो अनुसन्धानको विषय हो तर उहाँलाई आज विश्वले विद्दवानको रुपमा मात्र होइन भगवानको रुपमा पनि हेर्ने गर्दछ । विश्वमै सवैभन्दा वढिले जनसंख्याले क्रिस्चियन धर्म मान्छन् । यो धर्मका जन्मदाता जिसस क्राइस्टले विश्वलाइ प्रभावित गरी आफ्नो वहसमा राख्न सफल भए । आज उनलाई भगवानको रुपमा विश्वका मानव समुदायले पुजा गरिरहेको छ ।

    वास्तवमा उहाँको वरीपरि आज विश्वका मानव समुदायहरु उहाँकै वरिपरि घुमिरहेका छन् । उहाँले प्रमाणपत्रधारी कुनै तहको शैक्षिक प्रमाणपत्र हात पारेका थिएनन् र पनि कति महान विद्वान वन्न सफल भए । , मोहम्द इसाइ धर्मका प्रणता मानिन्छन् । ठूलो जनसंख्या उनको वरीपरी घुमिरहेका छन् । उनले कति कक्षा पढेका थिए । माइक्रोसफ्ट कम्पनीका मालिक विलगेट्सले के विद्यावारिधी गरेका थिए र विश्वलाइ यो सुविधा दिएका हुन त । फेसवुका निर्माता मार्क जूकरवर्गले फसवुकमै विद्यावारिधी गरेका थिए त ? १६ वर्षिय पाकिस्तानी मलालाले कुनै विषमा विद्यावारिधी गरेकी भएर क्रान्तीकारी बनेकी हुन र ? विद्यावारिधी प्राप्त गरेकै भरमा महिला शिक्षा, मानवता, स्वतन्त्रता र शान्तिका लागि आफ्नै समुदायभित्र लड्ने शाहस बोकेकी हुन र ? कदापी होइन यो त उनीले आफ्नो जीवन,जगत,परिवार र समाजको भोगाइबाट प्राप्त गरेको वास्तविक सिकाइको उपज थियो । तत्कालिन अलकायदाका नाइके विन लादेन कम विदृवान थिएनन् ।

    उनको विद्ता आताङ्ग र विनासमा प्रयोग भयो । पहिलो र दोश्रो विश्वयद्ध आधुनिक शिक्षाको परिणती र पराजयको मानशिकताको उपज थियो । यी युद्धको नेतृत्व पढेलेखेका विद्वानहरुले नै गरेका थिए । त्यो विद्धताले कतिको रगत बगायो ,कति नारीको सिन्दुर पुछयो ,कति बालबच्चालाई अनाथ बनायो ,कतिलाई अशक्त,असहाय र अपाङ्ग वनायो । कतिले जमिन गुमाउनु पर्यो त्यो कल्पना भन्दा बाहिरको कुरा हो जसको प्रमाणको रुपमा जर्मनीले दोश्रो विश्वयद्धमा ६० लाख जनता र १३ प्रतिसत भुभाग गमाएको र नेपालले नेपाल र अंग्रेजयुद्दमा २ लाख ६० हजार वर्ग किमी. क्षेत्रफल भएको जमिनबाट १ लाख ४७ हजार वर्ग किमी. मा खुम्चिनु परेको र असमान भर्सेलीज सन्धी र सुगौली सन्धीमा हस्ताक्षर गर्नु परेको, आज पनि कालापानी,लिपुलेक लगाएतका भूमी विवादको वाध्यात्मक अवस्थाको पिडा जर्मनी र नेपाल जस्ता देशका तमाम जनताहरुलाई मात्र अनुभव हुन्छ ।

    किनकी यो हाम्रो लागि वास्तविक र स्मरणयोग्य सिकाइ थियो भने कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त पारेको अवस्थामा यस महामारीले हामीलाई सिकाएको सिकाइ पनि भविस्यका लागि स्मरणयोग्य नै छ । यसैले वुद्धिको सहि प्रयोग विद्धता हो उसले प्राप्त गरेको विद्यावारिधीको प्रमाणपत्र होइन, भने विद्दताको दुरुपयोग गर्नु अभिसाप पनि हो जुन कुरा माथी उल्लेखित कुराहरुले प्रमाणित हुन्छ । हामीले हासिल गरेको वा प्राप्त गरेको औपचारिक शिक्षाको महत्व पनि अमुल्य छ । यसले सिकाइको गोरेटोलाई मात्र पहिलाउने काम गर्दछ भने हामी शिक्षक यसको सारथी मात्र हौ ।

    औपचारिक शिक्षाले शिक्षाको तह र श्रेणी मात्र निर्धारण गर्दछ भने रोजगारीका लागि आधार तयार गर्दछ । हामीलाई जीउने कलाको विकास र आत्मसन्तुष्टी त हामी भित्रको विद्ताले र हामीले अरुलाई गर्ने व्यवहार ,हेर्ने दृष्ट्रिकोण र सकारात्मक सोच चिन्तनले निर्धारण गर्दछ र त्यो व्यक्ति महान र मानवताको भीडमा भगवान पनि वन्न सक्छ । किनकी भगवान त काल्पनीक छन भने वास्तविक भगवान त विद्ता हासिल गरेका यिनै महान व्यक्तिहरु हुन । जुन कुरा विश्वका माथि उल्लेखित व्यक्तिहरुले प्रमाणित गरि सकेका छन् । शिक्षाविद्ध पाउलो फे्ररेले अनौपचारिक र अनियमित शिक्षाको शक्तीको ब्यापक चर्चा गर्दै विश्व मावन समुदायमा अपहेलित, उपेक्षित र दबित वर्गलाई शसक्तीकरण गर्ने साधनको रुपमा यसलाई विकास गरे त्यहि भएर हामी शिक्षित वर्गको भीड भन्दा हाम्रा पुर्खा स्वाभिमानी,स्वालम्वी, राष्ट्रप्रेमी,कत्वर्यनिष्ठ र आज्ञाकारी थिए ।

    किनकी उहाँहरुले प्राप्त गरेको शिक्षा थिएन परिस्थितिले सिकाएको वास्तविक सिकाइ थियो त्यहि भएर पुर्खाको मार्गलाई आत्मसाथ गर्दै आधुनिक शिक्षाविद्दहरु शिक्षा भन्दा सिकाइका पक्षमा उभिएका छन् । सिकाइको दायरा असिमित हुन्छ् , सिकाईको सो्रत ब्यापक हुन्छ भन्दै विभिन्न सभा सम्मेलन,गोष्ठी, सेमीनरहरुमा ठूलठूलो श्वरमा प्रशिक्षण दिन भ्याइनभ्याइ छ । अझ शिक्षालाई क्रान्तिकारी धारबाट हेर्ने माक्सवादीधारका विदवान र शिक्षित वर्गहरु त जनतावाट सिक्ने भन्छन् । माओले जनतासँग काम गरेर सिके भनेर ओकालत गर्छन अनी सिकाइको मार्गचित्र कोर्नमा व्यास्त हुन्छन तर जनताहरुको वास्तविक सिकाइ र भोगाइको गहिरो अध्ययन नै नगरी शिक्षा र सिकाइको सेमिनार आयोजना गर्दछन् अनी आफुलाई क्रान्तिकारी विद्वान भन्न रुचाउछन तर विडम्वना, विश्व मानव समाजले उहाँहरुलाइृ चिन्दैन उहाँहरुको दर्शन कसैले आत्मसरण गरेको इतिमास पनि छैन् किनकी यो वनावटी दर्शन ,शिक्षा र सिकाइले सार्थकता पाउन सक्दैन यो तितो भए पनी धुर्व सत्य कुरा हो ।

    सिकाई स्वयम जीवन भोगाई र हरेक वस्तुलाई हेर्ने सकारात्मक सोच चिन्तन र त्यस अनुरुपको व्यावहारबाट हुन्छ । जुन करालाई माक्र्सले स्वीकार गर्दै जीवन र व्यवहारबाट अलग गरिएको शिक्षा केवल पाखण्डी र अव्यवहारीक हुन्छ जीवन र हाम्रो व्यवहार नैे सिकाइको पाठशाला हो । सिकाईको उपयोगिता उसको प्रमाणपत्र हो भनी स्वीकार गरिसकेका छन् । यस्तो सिकाइले जटिल भन्दा जटिल परिस्थितिमा पनि सहज तरिकाले बाँच्न सिकाउछ भनेका थिए, जुन आज कोरोनाको महामारीले पनि हामीलाई यहि पाठ सिकाएको छ । यसर्थ आफ्नो व्यवहार,चरित्र,प्रवृत्ति र सकारात्मक सोच चिन्तन दृष्ट्रिकोण,जीवनको भोगाइ, दुरदृष्ट्रि आदि सवैले अनुसरण गर्न सक्ने हुनु पर्दछ । यो वास्तविक सिकाइ हो र हामीले प्राप्त गर्ने विद्ता पनि यहि हो ।

    हामीले विद्तालाई कहिले पनि प्रमाणपत्र र उसको उपाधी सँग तुलना गर्नु हुदैन र शिक्षारुपी दौडलाई पाठ्यक्रमरुपी मैदानमा दौडाएर भविस्य खोजी रहेका कलिला वालवालिकाहरुलाई आफुले प्राप्त गरेका प्रमाणपत्र र उपाधीको धाक लगाउदै वेकुप सम्झिनु हुदैन, सिकाइको नाममा थर्काउनु हुदैन । लठ्ठी हान्ने र लठ्ठी केै भरमा सिकाउने शिक्षकलाई प्रभावकारी सिकाइको प्रणयता ठान्नु पनि मुर्खता हो । जुन मैले भनेको होइन शिक्षा नियमावली २०५९ को छैठौ शंसोधनले स्पष्ट उल्लेख गरेको छ र व्यवहारीक पनि छ । किनकी वालवालिकाहरुको वास्तविकता र व्यवहारीकता हामी कहिले वुझ्ने प्रयत्न गदैनौ, गूणस्तरीय शिक्षा र सिकाइ उपलब्धी उकास्ने नाममा खाली गाली गलोज मात्र गर्छौ ।

    जुन कुरा वालवालिकाहरुले सांकेतिक रुपमा व्यक्त गरिरहेका हुन्छन् तर हामी वुझ्दैनौ,अहिले झन वालवालिकाहरु मनोवैज्ञानिक रुपमा कोरोनाको डर त्रासमा छन् यस्तो विसम परिस्थितिमा उपयुक्त वातावरण कसरी तयार गरी शिक्षा प्राप्त गर्ने उनिहरुको मौलिक हक कसरी सुनिश्चित गर्ने, सिकाइलाई कसरी निरन्तरता दिने भन्ने वारे दीर्घकालिन समाधान खोज्ने र कार्यान्वयन गर्ने भन्ने वारे वस्तुगत चिन्तन, योजना ल्याउने समय आएको छ, जसमा सवै पक्षको योगदान महत्वपूर्ण रहने छ । नभए जहिले पनि हामीलाई शिक्षा र सिकाइ, शिक्षाविद र विद्वान र विद्ताको अर्थ र परिभाषाले नै दुविधामा पारिदिन्छ । अनि हामी विश्वका प्रख्यात व्यक्तिहरुको भनाइलाई गूण र दोषको आधारमा शव्दकोशमा फरक र तुलना गर्न निरन्तर प्रयत्नसिल हुन्छौ । धन्यवाद ǃ

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑