१५ जेठ २०७७–कैलाली । नेपालमा कोरोना महामारीको संकट वृद्वी भइरहेको बेला कैलालीको त्रिनगर नाकाबाट ४,७९७ जना नेपालीको उद्धार गरि आज नेपाल भित्राएको खबर प्राप्त भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बृद्वी भईरहेको छ । आजैमात्र एकैदिन १५६ नया संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या एक हजार बयालिस जना रहेको र मृतकको संख्या ५ पुगेको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरि नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएकाछन् ।
उद्धार गरिएका कसैको पनि कोरोना संक्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]