चिरञ्जिवी घिमिरे
सुनसरी इटहरी सुन्दरदेवी टोल
होराईजन एकेडेमी आवाशिय विद्यालय, इटहरी
आत्मिय साथिहरु ।
हामी दुई महिनादेखी घरैमा छौं । नियमितरुपमा विद्यालय पुगेर शिक्षण क्रियाकलापमा सहभागी भई आफ्नो भविश्य निर्माण गर्नु पर्ने हामी विद्यार्थीहरु विश्वव्यापी महामारी कोभिड १९ को तनावले ग्रसति छौं । यो महामारी कहिले सम्म र यसको समाधानको सहज उत्तर कोहि सँग छैन ।
कुनै पनि देशले हालसम्म यसको औषधि पत्ता लगाउन नसक्नु विश्वका सबै मानव जातिहरुको दुर्भाग्य हो, यस घडिमा बन्दावन्दीमा अर्थात लकडाउन नै एकमात्र उपाय बनको छ । हरेक ब्यक्तिसँग सामाजिक दुरी कायम गर्नु डिटोल, साबुन पानीले पटक पटक हात धुनु सेनिटाईजर दल्नु माक्स र चस्मा पञ्जा लगाउनु दिनको ३–४ पटक तातो पानी सेवन गर्नु र घरबाट बाहिर ननिस्कनुु नै कोरोनबाट सुरक्षित हुने विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले विश्वभरका नागरिकलाई सूचित गरेको छ ।
हाम्रो देशले पनि यही मापदण्डलाई आधार बनाई लकडाउनलाई पालना गरेको छ । त्यसैले नेपाल सरकारको यी सबै शर्तहरु पालना गर्दै म पनि घरमै बसिरहेको छु । कोरोना भईरसले हाम्रो देश मात्र नभएर विश्वभरका वालवालिकाको शिक्षामा गम्भिर असर पारिरहेको छ ।
विश्वनै यो महामारीबाट आतंकित भएको छ । संसारका धेरै देशहरु यो महामारीको विरुद्द कैद छन् । त्यसैले म मात्र हैन विश्वभरका लाखौं लाख देशका कयौं घरका विद्यार्थीको अध्यायन गर्न पाउने कुरा अनिश्चित बनेको छ ।
लामो समयको बन्दाबन्दीले गर्दा धेरै विाद्यालयहरुले अन्लाईन शिक्षण विधी लागु गरिरहेका छन्, यो आधुनिक युग हो । आधुनिक युगको प्रविधीमा पहुँच भएका विद्यालयहरुले त आफ्नो विद्यार्थीहरुलाई अनलाइन शिक्षा सञ्चालन गर्न थालिसकेको कुरा सुन्नमा आएको छ । तर हाम्रो जस्तो मुलुकका शहर बजारमा रहेका कतिपय विद्यालयहरुमा सम्भव छ भने गाउँका विद्यायहरुम के सम्भव होलात ? इन्टरनेटको पहुँच भएका ठाउँहरुमा त यो पुरा गर्न सकिरहेको छैन भने नेट इन्टरनेट जस्ता सुविधाहरुबाट अझै पनि कतिपय गाउँ घरहरुमा बञ्चित छन् । यो घडिमिा के इन्टरनेटको पहँुच सहज हुन सक्ला त ? हाम्रो विाद्यायल होराइजन एकेडेमी बोर्डिङ स्कुल सुनसरीले हाल सम्म अनलाइन शिक्षाको सुविधा दिन सकेको छैन ।
इटहरी २ र ३ जेठ ५ गतेबाट ११ गते सम्म हाम्रो एरिया सिल हुँदा जीवनमा झन त्रास फैलिरहेको छ । लामो समय सम्म डरमा रहनु पर्ने भएको हुँदा मनमा अनावश्यक त्रास नहोस् भनेर मैले पठन पाठनको अलवा घरमा बुबा आमाका दैनिक काम गाई बाख्राको दाना पानी देखि लिएर दिदीहरु सँग भान्सामा केहि सघाउँदै पकानका विभिन्न तरिकाहरु युटुवबाट हेर्दै बनाउन सघाउनका साथै रमाइला रमाइला किताबहरुका श्लोकहरु पनि सुन्ने गरेका छु ।
आजभोली म दुधबाट बन्ने विभिन्न परिकारहरु जुन रसवरी पनिर जस्ता खानेकाुराहरु बनाउनमा निकै खप्पिस भएको छुु ।
बन्दाबन्दीको यो सकसलाई कसरी सिर्जनात्मक बनाउन सकिन्छ भनेर त्यो आफैै खोज गर्नु पर्छ भनेर या विपतको घडिमा त्रासित भएर बस्नु भन्दा के गर्न सकिन्छ भनेर मैले आफैमा भएको कला जुन हस्तलेखन चित्र र सामाग्रीबाट निर्माण चित्र सामाग्रीहरु प्रसस्तै बनाएर यो लकडाउनको समयलाई सदुपायोग गरेको छु ।
आफ्नो घरको कोठामा आफूलाई मन पर्ने विभिन्न चित्रहरु बनाएर कोठा सजाउने कामहरुरु पनि गरेको छु । छिमेकमा मैले बनाएका चित्रहरु हेर्नेले मलाई धन्यवाद दिएका छन् । मैले देशपोष्ट मिडियाका सञ्चालक÷सम्पादक लोकमणि रिजालको चित्र पनि जस्ताको त्यस्तै बनाएर उहाँको फेसबुक आई.डि मा हालिदिएको थिएँ । उहाँलाई आफ्नो चित्र कोरिएकोमा खुसी लागेर देश पोष्टमा मेरो फोटो सहितको लेख छापिदिनु भएको छ । मलाई त्यो पढ्दा असाध्यै खुसी लाग्यो । मैले अरु मेरा बाबाका साथिहरुको पनि चित्र कोरिदिएको थिएँ उहाँहरुले खसीहुँदै मलाई नगद पुरस्कार र धन्यवाद पनि दिनुभएको छ । त्यो मेरो जीवनको पहिलो कमाई थियो रु.११५०। त्यसैगरी चित्र बनाउदै लकडाउनको यो समयलाई सदुपायोग गरिरहेको छु ।
मैले चित्र बनाएर रु ११५०। कमाउँदा मेरी आमाले अव जसरि पनि पेट पल्ने भयौ भनेर खसी हुनु भयो । बाबाले म पनि बनाउथे केहि चिजहरु तर छोराको जस्तो चै अलि सक्दिन थें भन्नु हुन्छ । दिदी भिनाजु हजुर आमाले मनी मलाई ल ठिक छ राम्रो छ हामीसबैको चित्र बनाउनु पर्छ अव भनेर भन्नु हुन्छ । म सबैको चित्र बाउनमा तल्लिन छु ।
प्रिय साथीहरु मैलेत यो कोरोना कहरमा विताएका दिनहरुको बारेमा गनथन सुनाए तपाँईहरुले यी कष्टपूर्ण क्षणहरु कसरी विताईरहनु भएको छ । हस्त आगामि दिनहरुमा तपाईहरुको दैनिकी पनि सहज र शिर्जशील भएर वितेको कुरा पढ्न पाउने आसा राखेको छु ।
विपत्तिको समयमा एक्लै र एकान्तमा बसिरहेमा मनमा अनेक थरिका नचाहिने कुरा खेल्न सक्छ, यदी यस्तो भएमा हामीमा दीर्घकालिन मनोसामाजिक असर पर्न सक्छ । तशर्थ यस्तो समयमा आफ्नो परिवार सँग घुलमिल हुन पर्छ र विपत्तिलाई सजिलै सँग सामाना गर्न सकिन्छ । मैले यो महामारीको समयलाई लिएर सिर्जनात्मक र जीवन उपायेगी बानाउने प्रयास गरेको छु ।
तपाईंहरु पनि यसैगरी जीवन उपायोगी काम गरेर यो महामारीबाट सहजै समय विताउनु होला । मैले बनाएका केही चित्रहरुपनी छन् हेरेर समयको सदुपायेग गर्दै प्रतिक्रिया दिनुहोला ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]