१५ जेठ २०७७–काठमाण्डौ । आर्थिक बर्ष २०७७÷७८ को बजेट भाषणको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमहरुलाई उपलब्ध गराउने कुरा ब्यक्त गरेका छन् ।
आज सार्बजनिक गरिएको बजेट भाषणको क्रममा संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले उक्त कुरा ब्यक्त गरेकाहुन् ।
उक्त बजेट सार्वजनिक गर्दै नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तराष्ट्रियकरण गरिने, पत्रकारको क्ष्मता अभिबृद्धिका लागि ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क बनाइने समेत बताइएको छ ।
पछिल्लो समय प्रविधीको विकास संगै विद्युतिय अनलाइन माध्यमबाट सञ्चारहरुको विकास भइरहेको बेला कानुनी मान्यता प्राप्त अनलाईन सञ्चार माध्यमहरुलाई सार्बजनिक सरोकार संग सम्बन्धित लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने कुरा ब्यक्त गरिएको जनाइएको छ ।
यस अघि सरकारी सञ्चार र राष्ट्रिय स्तर लगाएत स्थानिय छापा माध्यम बाट प्रकासित सञ्चार गृहहरुलाई मात्र उक्त किसिमका बिज्ञापनहरु उपलब्ध गराउदै आएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]