दिवस रिजाल,
जेठ १६ जेठ २०७७–खोटाङ । हालै चर्चामा रहेको पश्चिम रकुम चौरजहारी हत्याकाण्ड नवराज बिक सहतिको हत्यामा संलग्न रहेका जो कोहीलाई कारबाहीको माग गर्दैै खोटाङका दलित अगुवाहरुले उक्त घटना दबाउन खोजे कडा आन्दोलन गर्ने बिज्ञप्ती मार्फत चेतावनी दिएको जनाएकाछन् ।
आज दिक्तेल बजारमा र्याली सहित प्रदर्शन् गरेका जिल्लाका दलित संघ संगठनले नवराज बिकको हत्यामा संलग्न दोषी माथी कडा कारबाहीको माग गर्दै जिल्ला प्रशाशन कार्यालय खोटाङ मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कायालयको ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेललाई ज्ञापन पत्र बुझाउँदै खोटाङ दलित बिकास मञ्च नेपालका अध्यक्ष मिलन चाहारले भेरी नगरपालिका वडा नम्बर ४ का रानागाँउका नबराज बिक र चौरजहारी नगरपालिका ४ की शुष्मा मल्ल ठकुरी बीचको प्रेम बिवाह हुन नदिनलाई चौरजहारी वडा नम्बर ८ का वडाध्यक्षको अगुवाईमा सिङ्गै गाँउका बासिन्दा मिलेर योजनाबद्ध ढंगले हत्या गरेको बताएकाछन् ।
यता खोटाङ दलित उद्यमी सहकारी संस्थाका सचिव दिपक ठटालले लकडाउन भएको बेलामा ४÷५ सय जनको भेलाले १२÷१५ जनालाई लेखेट्नु उपयुक्त हो होईन भन्दै आक्रोस व्यक्त गरेकाछन्, उनीहरु दोषि भएको भन्दै अहिले खवरदारी मात्रै गरेको स्पष्ट पारे । उनले भने हामि सँग हतियार वनाउन देखि लिएर जुत्ता सिलाउने सम्मका सिपहरु छन् उक्त सिपको क्षमता र दक्षताको सम्मान नगरे ६३ लाख दलितहरुले हतियार उठाउन बाध्य हुने ठाडो चेतावनी दिएका छन् ।
त्यस्तै गरि दलित जनअधिकार मञ्च खोटाङका अध्यक्ष राम कुमार हिङमाङले भने हत्या प्रकरणमा उच्च समिति बनाएर छानबिन गर्नु पर्ने भन्दै यदि दोषीलाई सजाय नदिए सबै दलित एक जुट भएर देशै भरी सशक्त रुपमा आन्दोलन शुरु गर्ने चेतावनी दिएको र्यालीका सहभागीले जनाएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]