विप्लवी तेन्जु योन्जन
हाल : रेगिस्तान
करिब ५ महिना पहिले चीन हुवान शहरबाट एक जना बिरामी भेटिए देखि सुरु भएको कोभिड १९ नामक भाईरस हाल विश्वब्यापी रुपमा महामारी फैलिरहेको कोरोना भाइरसले विश्व आक्रान्त भएको सर्बविधितै छ । विश्व मानव जाति र प्राणी जगतलाईनै चुनौती दिरहेको यस भाइरसको रोकथाम तथा नियन्त्रणको लागि अहिलेसम्म बिश्वले आ-आफ्नो क्षेत्रबाट अनुसन्धान अगाडि बढाइरहेको छ । तर अथक प्रयास गरिरहदा पनि यसको रोकथाम गर्न सक्ने कुनै औषधि तथा खोप पत्ता लगाउन सकेका छैनन ।
तसर्थ बैकल्पिक रुपमा अहिले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य विज्ञहरुका अनुसार सामाजिक एवम् भौतिक दुरी र लकडाउन अर्थात बन्दा बन्दिलाई नै विकल्पको रुपमा अपनाईरहेको छ। वल्डोमिटरको तथ्यांकअनुसार हालसम्म बिश्वमा २१५ वटा देशमा यो भाइरस फैलिएको छ। करिब ५९ लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् भने यसको संक्रमणबाट करिब ३ लाख ५६ हजार २सय ५४ जना भन्दा बढीको मृत्यु भैसकेको छ। त्यस्तैगरी यो रोगबाट २७ लाखको हाराहारीमा उपचार पस्चात ठिक भएर घर फर्किएको छन । अमेरिका जस्तो विश्वको शक्तिशाली सप्पन्न देश कोरोनाको सिकार बन्न पुगेको छ। उक्त देशमा हालसम्म १७ लाख ७० हजार बढी संक्रमीत छन् भने १ लाख ३ हजार बढीको मृत्यु भैसकेको छ भने युरोपियन देशहरु कोरोना संक्रमणको टप टेनमा लिस्टमा देखिएका छन् ।
नेपालमा पनि कोभिड १९ कोरोनाबाट अछुतो रहन सकेन। हालसम्म नेपालमा १ हजार ४ सय भन्दा बढीमा संक्रमित पुष्टि भैसकेको छ भने ७ जनाको मृत्यु भैसकेको छ। यो हामी सबैको लागि दुःखद पक्ष हो ,साथै अझै बढ्दो क्रममा उकालो लागेको देखिन्छ। किन भने सबैले परिक्षणको दायरा बढाउने हो भने यो भन्दा बढी संक्रमीत संख्या आउने आकलन पनि गरिरहेका छन् । नेपालको धेरै भारतसँग खुल्ला सिमा नाका भएको कारण लाखौं श्रमजीवी वर्ग नेपाल–भारत आवतजावत गर्ने भएकाले पनि यो संख्या बढेको देखिन्छ । छिमेकी देश भारतमा हालसम्म १ लाख ६८ हजार बढीमा कोभिड १९ संक्रमण भैसकेको छ भने करिब ४ हजार ८ सय बढीको मृत्यु भैसकेको तथ्य छ। वल्डोमिटरको तथ्यांक अनुसार कोभिड १९ संक्रमीत ९ औं स्थानमा भारत रहेको छ। यस्ले नेपालमा थप जोखिम पार्ने तथ्य देखिन्छ। ताकि लकडाउन सगै खुल्ला सिमा नाकाबाट राती लुकिछिपी हजारौं संख्यामा नेपाल प्रवेश गरेको समाचार यत्रतत्र बाहिर आइरहेको छ। जसको फलस्वरूप सम्बन्धित गाउँ, ठाउँ उच्च जोखिममा नपर्ला भन्न सकिन्न ।
नेपालमा लकडाउन भएको दुई महिना बढी बितिसकेको तपाई हामीलाई अवगतनै छ। तर नेपाल सरकारले उचित सतर्कता नपनाएको होकि भन्ने जनताको ठम्याई छ । लकडाउनको कारण गरिब श्रमजिवी जनताहरु ठूलो मारमा परेको छ। राहतको ठुलै हल्ला चर्चा परिचर्चा चलिरहेको छ । तर उचित तरिकाले जुन पाउनु पर्ने ब्यक्तिले पाउन सकेको छैन । भनिन्छ , खुकुरिको चोट अचानोलाई मात्र थाहा हुन्छ । लकडाउनले विशेष गरेर काठमाडौं लगायत देशका विभिन्न सहर बजारहरुमा दैनिक ज्यालादारी गर्दै आफ्नो बिहान बेलुकिको छाक गुजारा चलाउदै कोठा भाडा(डेरामा) बस्ने श्रमजीवी वर्ग, विद्यार्थी, आर्थिक विपन्न वर्ग, साना ठूला व्यापार व्यवसायीहरुमा ठूलो प्रभाव पारेको छ।
रोगले भन्दा भोकले मर्ने स्थिति सृजना भएको छ। केही सुन्दर मनका धनी एवम् मानवीय सहयोगी भावना भएकाहरुले कतिपय ठाउँमा लकडाउनको समयको भाडा नलिने निर्णय गरेका छन् भने कतिपय घरधनीले भाडा नदिएको निहुँमा घरबाट निकाली दिएको समाचार सामाजिक संजाल मार्फत बाहिर आएका छन् । यस्तो विश्व महासङ्कटको बेला दानवीय व्यवहार गर्ने मानवताहिन व्यक्तिहरुलाई सरकारले कडा कार्बाही गर्नै पर्छ। होइन भने उनीहरुभित्र मानवीय ,सहयोगी, भावना हुनु जरुरत छ। सबै मिलेर यस महामारीलाई परास्त गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
देशमा रोजगारको अबसर नहुदा बाध्यता भित्र आफ्नो मातृभुमीको माया आफ्नो परिवार आफ्नो बालबच्चाको भविस्य निर्मानको लागि बिदेसियका लाखौं लाख युवाहरूमा कोभिड१९ले प्रभाबित भएको छ। मलेसिया ,कुबेत , कतार, दुबाई, ओमन लगायत पुर्बिय देशहरुमा नेपाली कामदार अलपत्र परिरहेको छ । लकडाउनको कारन अन्तरास्ट्रिय उडान बन्दको कारन आफ्नो देश फर्किन नपाएर बेरोजगार रुपमा होस्टेलमा बस्नु बिबस छ्न । जस्तै करार अबधी सकिएर घर जानू तयार भएका साथै लकडाउनले कम्पनी बन्दको कारन तलब नपाउने जस्ता मुख्य समस्याको कारन आफ्नो देश फर्किन चाहदा चाहदै पनि जान नपाउदा कतिपय मानिस डिप्रेसनको सिकार समेत हुने पुगेको छ । यदि यस्ता समस्यालाइ समयमा नै नेपाल सरकारले जटिलता समस्याको रुपमा लिएर चाडो भन्दा चाडो समस्या हल गर्न उद्धरको लागी पहल गर्न नसके भोकमरिले हाहाकार मच्चिने समय आउने निस्चित छ ।
नेपालकै सन्दर्भमा हेर्दा
अधिकतम मानिसहरू आफ्नो कोठा चाबी लगाएर जन्मथलो गैसकेका छन् भने लकडाउन अगाडि कैयौ पूर्वबाट पश्चिमतिर र पस्चिमबाट पूर्वको यात्रामा रहेका जनताहरु त्यहि ठाउँमा रोकिन बाध्य भएको छ। यदि सरकारले अझै लकडाउनलाई थप लम्ब्यायो भने आवतजावत गर्न र एकैपटक कोठा भाडा तिर्न सक्ने अवस्था छैन। यस सन्दर्भमा सरकारको उचित राहत प्याकेज र उद्दारको पर्खाइमा अधिकतम पीडित जनता अपेक्षारत छन् भन्ने कुराको ख्याल राख्नु पर्छ । यसलाई तीनै तहको सरकार र सम्बन्धित निकायले गम्भीरतापूर्वक डाटा संकलन गरी उचित कदम चालेर जनतालाई उद्दार गरोस् । जबकि यो भाइरस चिनमा फैलिएको नेपालको लकडाउन भन्दा दोब्बर बढी समय भैसकेको अबस्थामा नेपालमा भाइरस विरुद्ध लड्नलाई पूर्व तयारी तथा अग्रिम व्यवस्थापनको लागि प्रयाप्त समय हुँदा पनि सरकार र राज्यले तदारुकता साथ लागि नपर्नुको परिणाम हो । अहिले उत्पन स्थिती।
बिदेशमा खान नपाएकाहरुलाई केही सामाजसेवी, अभियन्ताहरुले सहयोग राहत, खाना उपलब्ध गराएको सोसल मिडियाबाट बाहिर नआएका होइनन् । अनि सबै जनता आफैले गर्न पर्ने भए राज्य र सरकार चाहिँ किन र कस्का लागि ? गरिब जनताको छोरा छोरिले ५६ डिग्रीको घाममा रगत पसिना सग साटिएको रकमले रेमिटेन्स भित्र्याउने अनि उल्टै आफ्नै पैसामा विभिन्न कर असुल्ने बिदेशीएका करिब ६० लाख युवाहरुको रेमिटेन्सले तलब, भत्ता मात्र पचाउदै दक्षिण पन्थी हाबी बनाउदै भ्रष्टाचार कमिसनतन्त्र,को पक्षमा उभिएर नचाहिदो उखान टुक्का चुट्दै बस्नको लागि मात्र हो त सरकार ?
अनि गरिब श्रमजीवी जनता चाहिँ नेपाल भित्रै एक छाक खान नपाएर बिदेशी दलालको इसारामा यन्त्र चालित गुडिया झै १४ घन्टा देखि १८ घन्टा सम्म खटिने नेपाली नागरिक बिदेशबाट स्वदेश फर्किन्छु भन्दा पनि कुनै पहल बिना कानमा तेल लगाए बस्ने ? अनि नेपाल भित्रै पनि हजारौं मजदुर लकडाउनको प्रभाव ले ५/६ दिनको बाटो नाबालक पिठिउमा च्यापेर रुदै हिडेको भिडियो सोसल मिडियामा भाइरल हुँदा अलिकति पनि पिडाको महसुस र चिन्तन मनन गर्न नसक्ने सरकार ? कोहि खान नपाएर नेपाल भित्रै सडकमा ज्यान गुमाएका समाचार नछापिएका होइनन् ।
नेपालमा रोजगारीको अभावले भारत लगाएत कुवेत, साउदी, कतार , दुवाइ, मलेसिया आदि पुर्बिय देशमा कार्यरत लाखौं श्रमजीवी नेपाली नागरिकहरु अलपत्र परेका छन् । कतिपय ठाउँमा त्यस देसका स्थानीय बासिन्दाहरुद्वारा हेपिएका, कुटिएका छन् भने खान नपाएर दर्दानाक स्थिति भएको समाचार बाहिर आइरहेको बेला नेपाल सरकार भने सुने पनि नसुने झै गरि कानमा तेल हालेर बसिरहनु दुखद कुरा हो ।
सधै उखान टुक्का अनि खोक्रो भाषन जहित नभै भ्रष्टाचार कमिसनतन्त्र कार्यलाई समर्थ दिदै समय बर्बाद परिरहेकोछ । नेपाल सरकारले व्यवस्था गर्दै छ, तयारी हुँदै छ जस्ता आश्वासन मात्र दिएर बस्ने कि काम पनि गर्ने ? यो आवाज कुनै म एउटा व्यक्तिको मात्र होइन बिदेशी भुमिमा रहेका लाखौं पीडित श्रमजीवी जनताको दु:खको बेदना हो। चुनावको समयमा मात्र सर्वहारा श्रमजीवी वर्गको चर्को नारा लगाउने माथी पुगेपछी आफ्नो कुर्सिको लागि मात्र लडिरहेने नेताहरू ले जनताको दुख पीडामा मलम लगाउनु पर्छ कि पर्दैन ? यो प्रश्न सरकारलाई हो । तिनै गरिब श्रमजीवी जनताको भोटले सत्तामा पुग्न मरिहत्ते गर्ने अनि सत्तामा पुगेपछि आफ्नो स्वार्थमा लिप्त भएर केवल कुर्सीको रक्षामा गफ मात्र चुटेर बस्ने हैन । पहिला त काम गर्नु पर्छ ।
नेपाल सरकारमा यदि साचै राष्ट्र र राष्ट्रियता छ भने बिदेशमा पिडामा रहेका आफ्नो नागरिकहरुलाई सुरक्षीत तरिकाले नेपाल फर्काउन सक्नु पर्छ। आट गरे के हुदैन । यसको ज्वालन्त उदाहरण भुटान सरकारले आफ्नो देशका एक जना नागरिकलाई राष्ट्रिय धोजा बाहक जहाज चार्टर्ड गरेर लान सक्छ भने हाम्रो नेपाल सरकारले किन सक्दैन ?
नेपाललाई कोरोना विरुद्ध लड्न युरोपियन युनियनले ९ अर्व ८० करोड दिने घोषणा, त्यस्तै गरी अन्य थुप्रै दातृ राष्ट्र र विश्व बैंक, वितीय संस्थाले दिने भनिएको राहत स्वरुप अर्बौं रकम , विदेशी ऋण कतै मन्त्री, सांसदको तलबभत्ता बाड्दै सकियो भन्न सक्नुपर्छ। होइन भने यो समय सम्म पनि ती अलपत्र परेका गरिब श्रमजीवी जनताको व्यवस्थित तवरले किन राहत तथा उद्दार गर्न सकिरहेको छैन ? अनि खुल्ला सिमा नाकाको कारण भारतबाट राती लुकिछिपी अनियन्त्रित भएर हजारौं नेपाली श्रमिकहरु आइरहेका छन् भन्ने यत्रतत्र समाचार आएको छ । यस्ले थप भयावह रुप लिन सक्ने संका उब्जिएको छ ।
यस सन्दर्भमा राज्य सरकारले क्वारेन्टाइन, अस्थायी कोरोना अस्पताल, स्वास्थ्य सामाग्री , आइसोलेसन वार्ड आदि यथासिघ्र अग्रिम व्यवस्था गर्दै भारत लगाएत अन्य बिदेशमा अलपत्र परेका लाखौं नेपाली श्रमजीवी नागरिकको उद्दार गर्नेतिर बेलैमा ध्यान दिइयोस् । गरिब श्रमजीवी वर्ग, उत्पीडित समुदायमा वास्तविक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको आभास दिलाइयोस् । यो विषम परिस्थितिमा एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउनु भन्दा मिलेर कोरोनाको सामाना गर्नु उचित हुनेछ । नेपाल सरकारको सकारात्मक असल कर्म र कदमको प्रसंसक बनौं र नकारात्मक कर्म र कदमको आलोचक बनौं । हामी सबैले आ-आफ्नो क्षेत्रमा जिम्मेवारी बहन गर्दै कोभिड १९ भनिने कोरोना भाइरस रोगको नियन्त्रण तथा रोकथामका निमित्त विश्व स्वास्थ्य संगठन (डब्लु.एच्.ओ), सम्बन्धित निकाय र नेपाल सरकारको निर्देशन, नियमहरु पालना गरी कोभिड १९ विरुद्धको लडाई जितौ। सामाजिक एवम् भौतिक दुरी कायम गरौं, समय समयमा साबुन पानीले हात धोऔं। आफू पनि बाचौ र अरुलाई पनि बचाऔं ।
सुरक्षीत घरमै रहौं ।
घन्यवाद ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]