विप्लबी तेन्जु योन्जन
कोललाम्पुर/मलेसिया
१८ जेठ २०७७-मलेसिया। मलेसियाको कोललाम्पुरमा एक सेक्युरिटी कम्पनिमा कार्यरत नेपाल घर धादिङ्ग मार्पा गाउँपालिका वडा न: ३ निबासी पन्च बहादुर तामाङ्ग उपचार बाट बन्चित भएका छन। गत अप्रिल १८ तारिकका दिन बिहान करिब ६:१० बजे होटल साङ्गृला यु बि एन टावरमा ड्युटि गर्दा राउड लगाउने क्रममा मोटर साईकल बाट अकस्मात चिप्लिएर दुर्घटना हुँदा दाहिने हातमा गहिरो चोट लागेको क्लीनकिमा खबर आएको थियो ।
उक्त घटना पछि कम्पनिलाई सुचना गर्दा पर्ख म उपचार गर्न हस्पिटल लान्छु भन्ने आस्वास्वन दिईयो तर तीन दिन सम्म पनि कम्पनी बोसले कुनै पनि वास्ता नगरी केहि प्रतिक्रिया नदिए पछि तामाङ्गले आफ्नै खर्चमा स्थानीय क्लीनकिमा एक्सरे गर्दा भित्र हाड फुटेको भनियो । आफ्नै खर्चमा प्लास्टर गरियो मलेसिया रिंगेट १६०० आफ्नै खर्चमा त्यसको दोस्रो हप्ता बोसले हस्पिटल लाने भन्ने कुरा मात्र भयो तर लगिएन पिडितले भने ।
बल्ल मे २९ तरिकाको दिन मात्र हस्पिटल लगेर चेक गरियो डाक्टरले अप्रेसन गर्ने पर्ने जनाए पछि बोसले आनाकानी गर्दै अप्रेसन गर्ने दिन अझै टुङ्गो गरेको छैन । मेनपावरलाई पटक पटक फोन गर्दा फोन नउठाउने उठाउदा समेत त्यो तपाईको समस्या हो कम्पनी जिम्मेवार हुन्न भन्ने गैर जिम्मेवार उत्तर दिने गरेको गुनासो छ ।
पटक पटक कम्पनिको बोसलाई जानकारी गराउदा न उपचार नै गराउछ। बोसलाई जानकारी गराउदा लकडाउन छ उपचार गर्न अफ्ट्यारो हुने भन्दै मे १३ तारिकको दिन आम्पाङ्ग हस्पिटल लगेर छोडियो । जहाँ दर्ता गर्न आरएम १२० लाग्छ त्यो खर्च सम्म स्वयम आँफै गर्नु परेको जनाएकाछन् ।
पिडित भन्छन बोसले हस्पिटल क्षेत्रमा पुराएर अलपत्र पारेर फरार भयो । अन्तत पैसाको अभाबमा उपचार बाट बन्चित रहेको पीडितले बाताए । उपचारको लागि मेनपावरलाई कुरा गर्दा गैर जिम्मेवार उत्तर दिने गरेको तामाङ्गको गुनासो छ। हाल तामाङ्ग कम्पनिको होस्टेल बुकिबिन्ताङ्ग टोङ्गसिङमा रहेकाछन् ।
तामाङ्गले आफ्नो उपचार कम्पनिबाट हुनु पर्ने नत्र कम्पनिले छुट्टीमा पठाउनु पर्ने तामाङ्गको माग रहेको छ । पीडित आफै नेपालमा उपचार पछि फेरि मलेसिया आएर काम पाउनु पर्छ भन्ने अभिप्राय छ । मेनपावरका डाइरेक्टर : मोतिराज थापा तथा साहयक डाईरेक्टर गनेश थापालाई पटक पटक सम्पर्क गर्दा केही पनि प्रती उत्तर नदिएकाले मेनपारलाई पनि कार्यबाही हुनुपर्ने तामाङको भनाई रहेको छ । तामाङ्ग डिसेम्बर ३१ तारिक २०१९”का दिन एपोलो मेनपावरबाट मलेसिया उडेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]