बोधराज पौडेल
नेपाल फलफुल खेतीका लागि राम्रो वातावरण भएको देश हो । हिमाली, पहाडी र तराई क्षेत्रमा प्राकृतिक अनुकुलित वातावरण अनुसारका फलफुलको खेती गर्न सकिन्छ । ती फलफुलहरु मध्ये लिची कस्तो खालको फल हो ? यसको उत्पादन र हेरचाह कसरी गर्न सकिन्छ भन्ने बारेमा यहाँ चर्चा गरिन्छ ।
उष्ण प्रदेशीय फलफूलहरुमध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायीक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्नु अगाडि ठण्डा मौसमको आवश्यकता पर्दछ ।
लिचीको बृद्धि र विकासको लागि १०० देखि ३५० से. तापक्रम ठाउँहरु उपयुक्त मानिन्छन् तर हिउँदको तापक्रम १० से. भन्दा कम नहुने र गर्मीको याममा ४०० से. भन्दा बढी नहुने ठाउँमा यसको खेती सफलताका साथ गरेको पाईन्छ । यसको खेतीको लागि २० देखि २३० सेन्टिमिटर वार्षिक वर्षा हुने ठाउँहरु उपयुक्त हुन्छन् ।
यसको सफल खेतीको लागि कुल वर्षा भन्दा पनि हिउँद र गर्मी यामको वर्षाको वितरढाले बढी प्रभाव पार्दछ । लिची खेतीको लागि बलौट, दोमट माटोनै सवै भन्दा उपयुक्त हो तर निकासको राम्रो प्रबन्ध गर्न सके चिम्ट्याईलो र कालो माटोमा समेत खेती गर्न सकिन्छ। भूमिगत पानीको सतह कमसे कम २ मिटर हुनु पर्दछ । लिचीको खेती पि.एच.५.५ को हाराहारीमा भएको सबै भन्दा उत्तम हो तर ५.००–६.०० सम्म पि.एच. भएको माटोमा ब्यवसायिक खेती गर्न सकिन्छ ।
यसको खेती प्रायः समथर जमीनमा नै गरिने हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरीकाले बिरुवा लगाउन उपयुक्त हुन्छ । मध्ये पहाडी क्षेत्रको वेशी–खोंचतिर कन्टुर तरीका पनि अपनाउन सकिन्छ । लिचीको प्रायः सबै जातहरु नै उचाइ भन्दा पनि बढी फैलने किसिमका भएकोले बिरुवाको दुरी कम्तीमा १०÷१० मीटर कायम गर्नु पर्दछ ।
लिचीका बोटहरु धेरै वर्षसम्म बाँच्ने र वर्षै पिच्छे फल दिई रहने हुँदा यसको उचित स्याहार संभार गर्न मेशिनरीहरुको पनि प्रयोग गर्न सकियोस भनी रेखाङ्कन गरी उचित तरिका अपनाई बिरुवा लगाउन जरुरी हुन्छ । हावा छेक्ने रुख लगाईएको दिशातिरबाट कम्तीमा १०–१५ मीटर छोडी रेखाङ्कन गरिएका स्थानमा बिरुवा रोप्ने फल्याकको प्रयोग गरी १ घनमीटरको खाडल बिरुवा रोप्नु भन्दा १५–२० दिन अगावै खन्नु पर्दछ ।
लिचीको फूल फुल्ने र फल लागको लागेको समयमा हावाहुरीले फूल तथा फलहरु बढी नै झार्दछ । लिचीका हाँगाबिंगा अन्य फलफूलको भन्दा कमजोर हुने हुँदा बढी नै भाँचिन्छन । तसर्थ, यस्तो परिस्थितीबाट बाँच्नको लागि बिजु आँप, कटहर, जामुन, युकालिप्टस, सिसौ जस्ता बिरुवाहरु हावा छेक्ने बिरुवाको रुपमा लगाउनु पर्दछ ।
लिचीको बोटले आवश्यकता अनुरुप पानी नपाएमा बिरुवाको बृद्धि रोकिने र पातहरु झर्ने हुन्छ । सुख्खा र गर्मी याममा बढी सिंचाईको जरुरी हुन्छ । सिंचाईको अभाव हुने ठाउँहरुमा फूल र फलहरु झर्ने र अडिएका फलहरु साना र पाक्ने अवस्थामा फुट्ने क्रम बढी हुन्छ ।
लिची बिरुवाको राम्रो बृद्धि र उच्च गुणस्तरको बढी फल उत्पादन गर्न सन्तुलित मात्रामा खाद्य तत्वहरु दिन आवश्यक हुन्छ । साधारणतः फल नफलेका बिरुवामा ७५–१०० ग्राम नाईट्रोजन, २५–५० ग्राम फास्फोरस र ७५–१०० ग्राम पोटासको आवश्यकता पर्दछ । त्यसरीनै फल दिने बिरुवाको लागि ५००–६०० ग्राम नाईट्रोजन, १५०–२०० ग्राम फास्फोरस तथा ५००–६०० ग्राम पोटास प्रति बोटको दरले दिनु पर्दछ । प्राङ्गारिक मल २५० के.जी. तथा अन्य सुक्ष्म तत्वहरुको पनि आवश्यक हुन्छ ।
नेपालमा विभिन्न स्थानमा भिन्न भिन्न जातहरुको खेती गरेको पाईन्छ किनकी यी जातहरु प्रायः भारतबाट आयात गरिएका हुन् । बढी क्षेत्रफलमा लगाईएका जातहरुमा मुजफ्फरपुर, अर्लि लार्ज रेड, चाइना, शाही, कलकत्तिया, बम्बे, सिडलेस, मेकिलन आदि मुख्य हुन् ।
यो छिटो पाक्ने जात हो । यसका फलहरु जेष्ठको १५ तिर पाक्दछ । यो जातको लिचीमा घना फल लाग्दछन् । सरदर फलको तौल २० ग्राम फलको गुदी र बीउको अनुपात करीब ५.१ हुन्छ । अन्य जातको तुलनामा फलहरु कम फुटदछन् । यसको बोट मझौला, फलहरु ठूला र आकर्षक, वासनादार, नरम र खाँदा स्वादिला र बढी गुलिया हुन्छन् । फल फूट्ने र सनस्क्याल्ड रोग कम लाग्दछ ।
लिचीको बिरुवा प्रसारण गर्ने मूख्य तरीका कलमी, गुटी लेयरीङ्ग नै हो । बीउबाट पनि लिचीको बिरुवा उत्पादन गर्न सकिन्छ र कतिपय जात बीउबाटै छनौट गरिएका पनि छन् तर यसरी उत्पादन गरिएका बोटहरु ८–१० वर्ष पछि मात्र फल्ने र फलहरु मातृगुण सम्पन्न नहुने हुँदा बीउबाट प्रसारण गर्ने चलन कमै पाईन्छ ।
लिचीको बिरुवा ढिलो गरी हुर्कने हुँदा झारपात नियन्त्रणमा विशेष ध्यान पुर्याउनु पर्दछ । विरुवाको फेदको वरीपरी खर, परालको छापो दिएमा झारपात नियन्त्रण र चिस्यान कायम राख्न नीकै मद्दत पुग्दछ । यदि रासायनिक विधि प्रयोग गर्नु परेमा ग्लाईफोसेट वा पाराक्वाट भन्ने विषादी प्रयोग गर्न सकिन्छ ।
लिची फल बोटमै पाकेपछि टिप्ने खालको फल भएकोले धेरै काँचोमा टिप्न सकिदैन । टिपेका फलहरु साधारण अवस्थामा २–३ दिन मात्र टिक्दछन् । शीत भण्डारणमा १–७ डिग्री सेन्टिग्रेड तापक्रममा २–३ महिनासम्म राख्न सकिने परिक्षणबाट देखिएको छ तर ब्यवहारमा यसरी राखेको पाइन्न । प्लाष्टिकको थैलामा साना–साना प्वालहरु बनाई फललाई राखेमा ७–८ दिनसम्म ताजै राख्न सकिन्छ ।
लिचीमा विशेषतः सुलसुले, बोक्रा खाने झुशिलकीरा, पात बेर्ने कीरा, लिफ माईनर र लाही किरा लाग्दछन् तर सुलसुले नै यसको सबै भन्दा हानिकारक हुन्छ । यसको माउ कीराले पातको कोपिलै अवस्थामा फूल पार्दछन् । ती फूलबाट ३–४ दिनमै लार्भाहरु निस्केर पात खान सुरु गरी पूर्ण पातको विकास हुन अगावै पातलाई नोक्सानी पुर्याउँदछन् । पातमा भएको रस चुसिसकेपछि पात बटारिन्छ र कीराले खाएको ठाउँमा खैरो भुवा जस्तो पदार्थको विकास हुन्छ ।
यस कीरालाई नियन्त्रण गर्न साबुन, गन्धक पानी डाईमेथोयट (१ लि. प्रति लिटर पानीमा) वा गन्धकले (४५० ग्राम प्रति १०० लि. पानीमा) नयाँ पालुवा निस्कने समयमा र १०–१५ दिनको अन्तरालमा ३–४ पटक उपचार गरेमा सुलसुले नियन्त्रण गर्न सकिन्छ ।
(यो आलेख विभिन्न अनलाईनबाट अध्ययन सामग्री लिएर तयार गरिएको हो ।)
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]