१९ जेठ २०७७–मोरङ । कोरोना भाईरस कोभिड १९ संक्रमण जोखिम न्युनिकरणका लागि उत्तरी छिमेकी राष्ट्र गणतन्त्र चिनको तिब्बत सरकारले नेपाल सरकार प्रदेश नं. १ लाई झण्डै ८ करोड बराबरको श्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ ।
प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गरेको खबर प्राप्त भएको हो ।
प्राप्त भएको स्वास्थ्य सामग्री पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको जनाएको छ ।
उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईको भनाई रहेको छ ।
हाल सम्म प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ भने १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएकेमा ३० जना निको भएर घर फर्किसकेको खबर प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]