• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

नयाँ शहरको रुपमा चाँगुनारायण ।

२० जेष्ठ २०७७, मंगलवार १९:२९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • १८९ पटक पढिएको
  • सोम शर्मा

    २० जेठ २०७७–भक्तपुर । चाँगुनारायण नगरपालिकाका ८ वटा वडाका अधिकांश क्षेत्र समेट्ने गरि सञ्चालन हुन लागेको नयाँ सहर आयोजनाको काम आगामी आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु हुने खबर प्राप्त भएको छ । नगरपालिकाको ५२ स्क्वायर वर्ग किमी क्षेत्रफल (१ लाख रोपनी भन्दा बढि) जग्गामा सञ्चालन हुने आयोजनाका लागि २ खर्ब ७८ अर्ब रुपैयाँ प्रारम्भिक बजेट लाग्ने चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिमिल्सिनाको भनाई रहेको छ ।

    चाँगुनारायण नगरपालिकाका १ देखी ५ वडा सम्मका अधिकांश क्षेत्र तथा ६, ७ र ८ नं. वडाका केही क्षेत्र समेटेर सञ्चालन हुने नयाँ सहर आयोजनामा सो क्षेत्रका जग्गाधनीले बढिमा ३६ प्रतिशतसम्म जग्गा योगदान गर्नुपर्ने तिमिल्सिनाले बताए । आयोजना ७ बर्षभित्रमा सम्पन्न हुनेगरि आयोजना सञ्चालन हुनेछ । सार्वजनिक– निजी–साझेदारी अवधारण अनुरुप ग्लोबल टेण्डर आव्हान गरि आयोजना सञ्चालन गरिने उनले जानकारी दिएकाछन् ।

    नगरपालिकाले नयाँ सहर आयोजना सञ्चालन गर्न हिजो आइतबार सरोकारवाला निकायसँग छलफल गरेको छ । नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा आयोजित छलफलमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सांसद प्रेम सुवाल, प्रदेशसभा सांसद कृष्णलाल भँडेल, स्थानीय तहको निर्वाचनका चाँगुनारायण नगरपालिकामा नगर प्रमुखका प्रत्यासी राजाराम खड्का, नेमकिपा प्रतिनिधी न्हुछेभक्त फोजु, राप्रपाका प्रतिनिधी धनबहादुर लामालगायत नगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले नयाँ सहर निर्माणको अवधारणाका बारेमा जिज्ञासा राखेका थिए ।

    छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीसहितको प्राविधिक टोलीले आयोजनाको बारेमा जानकारी गराएपछि प्रतिनिधिसभा सांसद सुवालले ठुलो क्षेत्रफलमा एकैपटक आयोजना सञ्चालन गर्नुभन्दा पनि सानो–सानो क्षेत्रफलमा काम सम्पन्न गर्दै जानुपर्नेमा जोड दिएकाछन् ।

    सांसद सुवालले भक्तपुर नगरभित्र साना–साना जग्गा एकिकरण आयोजना सम्पन्न गर्न नै २५ बर्षभन्दा बढि लागेको उदाहरण दिदैं छिटो काम सम्पन्न गर्ने कार्ययोजना तयार हुनुपर्ने बताए । उनले जग्गाको पुर्जा नभएका व्यक्तिहरुले जग्गा फिर्ता पाउने प्रक्रिया स्पष्ट हुनुपर्ने उल्लेख गरेकाछन् ।

    छलफलमा प्रदेश सांसद कृष्णलाल भँडेलले आयोजना महत्वकांक्षी भएको भन्दै समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गरे । उनले आयोजना सुरु गरेर बीचमा अलपत्र हुने अवस्था आउन नहुने भन्दै जनतालाई न्यायको अनुभूति हुने गरि नयाँ सहर निर्माणको काम गरिनुपर्नेमा जोड दिए ।

    छलफलपछि नगरप्रमुख सोम प्रसाद मिश्रले जनताले पुस्तौदेखी प्रयोग गर्दै आएको जग्गालाई आयोजनामार्फत एकिकृत गर्दै जनताको बीचमा रहेर जनताकै लागि नयाँ सहर निर्माण गर्नुपर्ने चुनौती रहेकाले आयोजना सुरु गर्नुपूर्व पटक–पटक सरोकारवाला निकाय र जग्गाधनीहरुसँग छलफल गर्नुपर्ने आवश्यकता औल्याएकाहुन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑