२० जेठ २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गोपालिकामा बसोबास गर्ने गरी प्रबेश गर्ने नागरिकहरुको लागि निश्चित क्वारेन्टाइनको ब्यबस्था गरको खबर प्राप्त भएको छ ।
कोरोना भाइरस कोभिड १९ जोखिम न्युनिकरणका लागि पालिका स्तरिय कोरोना भाईरस संक्रमण तथा नियन्त्रण सम्बन्धी कार्यदलले २०७७ जेठ २० गते देखी लागुहुने गरी गाउँपालिकामा वसोवास गर्ने गरी प्रवेश गर्ने नागरिकले भारतवाहेक तेश्रो मुलुकवाट आएकाहरुले याम्खामा ,भारतवाट आउनेले भण्डारेघाट र देशकै अन्य क्षेत्रवाट आएका नागरिकहरुलाई पालिकाले तोकेको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
कोरोना भाइरस एकअर्कामा नसरोस र सो को जोखिम न्युनिकरण गर्न सजिलो होस भन्ने हिषाबले पालिकाले कडाईका साथ यो ब्यस्थालाई कार्यन्वयन गर्न लागेको पालिका प्रमुख भुपेन्द्र राईको भनाई रहेको छ ।
लकडाउनका बेला नेपालका बिभिन्न स्थानिय सरकारहरुले आफ्ना नागरिकहरुलाई देशका धेरै भु भागहरु बाट उद्वार गरिरहँदा जोखिम बढ्ने भन्दै यथास्थानमै राहत बितरण गर्ने तर तत्काल गाँउ नल्याउने भनी अडिग रहको समेत पालिका प्रमुख राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]