कमल प्रसाद तिमल्सिना
ललितपुर
माननीय अर्थमन्त्री ज्यु
नमस्कार ।
बिश्व कोभिड १९ को संक्रमण बाट लकडाउन झेली रहेको अवस्था मा हामी नेपाली पनि तेही मारमा छौ यो त हजुर जानकार हुनुहुन्छ किनकी लाकडाउन को हरेक अपडेट गर्नु पर्ने जिम्बेवारी पनि हजुरकै छ/ त्यसैले मैले हजुर लाई सन्चो बिसन्चो सोध्नु पर्ला जस्तो मानिन तर नेपाली जनता लाई कति पनि सन्चो छैन यो चै हजुर लाई मैले सुनाए गल्ति भएमा माफी चाहन्छु।
अर्थमन्त्रीज्यु म यति बुझ्दछु कि राज्य भनेको एउटा घर हो र घर को ठुलो रुप राज्य हो अरु केहि हैन जसरि एक जना अभिभावक ले घर चलाउछ त्यसरी नै सरकार ले देश चलाउछ, यसको मतलब घर को अभिभावकले घरको सम्पूर्ण दाइत्व आफुले बहन गरि रहेको हुन्छ, घर मा आफ्ना बालबच्चा ले खान पाएका छन् कि छैन ?, घर मा खाने कुरा छ कि छैन ? जस्ता सानो सानो बिषयमा चिन्तित हुन्छ त्यसरी राज्य पनि जनता प्रति जिम्वेवार हुनु पर्दछ तर मैले त्यस्तो अनुभूत गर्न सकिन ।
देश लकडाउन को अवस्था मा छ सबै नेपाली जनता घर भित्र बस्न बाध्य छन, किन भने एक त रोग को डर छ अर्को तर्फ सुरक्षा कर्मी को डरै डर मा घर भित्र बसेको पनि ७२ दिन भै सकेछ, यो अबधि मा देश को भूगोल बढेको सुन्न पाएको मा सम्पूर्ण नेपालि दङ्ग छन् ,यो भूगोल मा नेपाली झण्डा फरफराएको हेर्न नेपाली आतुर छन्। यो रोग, लकडाउन को मार मा सबै भोकाएका पेट ले पनि देश को भूगोल बढेको खुशियाली मा भोक मेटाएका छन्।
अर्थमन्त्री ज्यू यहि बिच मा हजुरले दिन रात, रोग को पर्वाह नगरी मेहनत का साथ राज्य को बजेट ल्याउनु भयो म धेरै कुरो बुझ्दीन , धेरै खर्ब छ अरे तर मैले सुनेको मेरो मन को कुरो त्यहाँ समेटिएको छैन अरे, बजार मा तपाई ले प्रस्तुत गर्नु भएको बजेट धेरै राम्रो भन्ने पनि सुनेको छु, अनि यस भित्र केहि छैन भन्ने पनि सुनेको छु कुन कुरो सत्य हो मा बुझ्दिन तर एउटा कुरो प्रत्येक निजि बिद्यालय ले एक सामुदायिक बिद्यालय लाई सुधार गर्ने वा यस्तै सब्द भएको सुनेको छु र संसद मा पनि यो बिषय मा आवाज उठेको सुनेको छु यो लेख्न मिस्टेक हो या पढ्न मिस्टेक हो भन्ने ठानेको हैन रहेछ लेखाइ र पढाई उस्तै लाग्यो यो सब्द जानी जानी प्रयोग भएको हो भने मेरो बिबेक ले सहि मान्न सकेन ।
अर्थमन्त्री ज्यू हामी नेपाली जनता केहि मुर्ख पनि छौ ,आफ्नो अभिभावकले गरेको काम को बिरोध गर्छौं ,सायद अभिभाबक बाट कमजोरी पो भएर हो कि ? हामि नेपाली जनता विकास का भोका छौ, बिकास चाहिएको पनि छ, बजेट का विभिन्न शिर्षक हरु मा बिकास नै बिकास छन्।
केहि वर्ष पहिला सम्म हाम्रो जिल्ला बिकास समिति अनि गाउँ बिकास समिति ले गाउँ गाउँ मा बिकास को ठेक्का लिएको हुन्थ्यो,अनि एक जना प्राबिधिक गाउँ जान्थे एउटा डाँडोमा बसेर औला ले देखाएको भर मा बिभिन्न आयोजन हरु सर्भेक्षण हुन्थ्यो, र गाउँले हरु जी. बि. स. को उपरसेट ले सर्भिस गरेर गको बाटो बन्ने भयो, खाने पानि आउने भयो भनेर खुसि हुन्थे केहि दिन मा खाने पानि को पाइप पनि गाउँमा आइपुग्थियो तर सोको उपयोग बिहिन अनि सडक हरु पनि तेसरी नै डोजर अपरेटर को भर मा बजेट को बिनाश, ठुलो आशा र भरोशा को साथ अहिले को नयाँ संरचना मा केहि परिवर्तन होला भन्ने सोचेको बिगत दुई वर्ष गाउँ पालिका र नगर पालिका हरु पुरानै जिल्ला बिकास र गाउँ बिकास को बिकास भन्दा माथि उठ्न सकेनन र अहिलेको हजुर को बजेट मा यस्तो बिषय गम्भिर ढंग बाट उठान होला भन्ने आशा थियो तर मैले नबुझेको वा त्यसमा नसमेटिएको तेस्तो छनक मैले देखिन ।
अर्थमन्त्री ज्यू अहिले को जटिल परिस्थिति मा जनता को चाहाना विकास भन्दा पनि रोजी रोटि को जोहो महत्वपूर्ण भएको छ । यो अवस्था कहिले सम्म हो कुनै पत्तो छैन , त्यो हजुरको बस मा पनि छैन, अनि हाम्रो बस मा पनि छैन , तर अहिले को अवस्था मा राज्य ले स्थानीय पूर्वाधार बिकास कोष नाम गरेको संसद को भोट बिकास कोष मा प्रत्येक बर्ष ठुलो धनरासी पूर्वाधार को नाम मा खल्ती बिकास बढी हुने गएको हुँदा यस बर्ष अर्थमन्त्री ज्यू बाट अहिलेको गाम्भीर्यता लाई ध्यानमा राखी यो कोष खारेज गरि कुनै राहत को प्याकेज आउछ भन्ने आशा थियो त्यो हुन सकेन छ, तर यसले पूर्वाधार भन्दा अन्य विकास बढी हुने हुँदा यसको प्राभाब मूल्याङ्कन(impact Study) गर्न सक्ने ब्यबस्था गर्न सकेको हो भने राम्रो हुन्थ्यो।
अर्थमन्त्री ज्यू धेरै कुरा के लेखौ देश बन्दा बन्दि मा छ, फाल्गुन महिना देखि को कर राज्य ले उठाउन सकेको छैन ,राज्य को ढुकुटी पनि रित्तो भयो होला किन कि जनता को ढुकुटी पनि रित्तो भै सकेको छ । अनि आज एउटा सूचना आएको देखे यहि जेष्ठ २५ गते भित्र सम्पूर्ण विवरण तथा कर बुझाई सक्नु पर्ने भन्ने यदि यो सत्य हो भने यो बन्दा बन्दि मा यो कसरि सम्भाब होला अनि सामाजिक दुरी कसरि कायम होला ? हुन त मैले यो पत्र लेख्दै गर्दा अर्को निर्णय पनि आउन सक्ला जे होस् सहज र उचित बेबस्था गरियोस जनता मा त्रास कम सरकार प्रति आशा बढी हुने गतिविधि ध्यान जावस बाँकी अर्को पत्र मा गल्ति भएमा माफी चाहन्छु।
धन्यबाद
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]