२१ जेठ २०७७–खोटाङ । जिल्लाको ऐसेलुखर्कमा आरडिटी पोजिटिभ देखिएको भनिएका ८ जनाकै पिसिआर रिपोर्ट भने नेगेटिभ आएको जानकारी प्राप्त भएको छ ।
आरडिटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका आठ जना र शंकास्पद व्यक्तिसहित १९ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टमा पठाइएकाहरुको सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले जानकारी दिएकाछन् ।
पहिलो दिन दुई जना र दोश्रो दिन पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुसहित शंकास्पद १९ जनाकोे स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो ।
पिसिआर रिपोर्ट नेगेटिभ देखिएसँगै गाउँपालिकामा फैलिएको त्रास सामान्य बन्दै गएको छ । आरडिटी पोजिटिभ देखिएसँगै सिल गरिएको गाउँपालिका पिसिआरको नेगेटिभ रिपोर्ट आएपछी खुला गरिएको र गाउँपालिकाबाट प्रवाह हुने सबै सेवाहरु सुचारु गराइएको अध्यक्ष निरौलाको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]