२२ जेठ २०७७–खोटाङ । जाजरकोट हत्याकाण्डको बिरोधमा खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको खबर प्राप्त भएको छ ।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको हत्याकाण्डको विरोधमा बुधबार जिल्लामा क्रियाशिल विभिन्न दलित संघसंगठन, जातीय मोर्चा एवम् अभियानकर्मी लगायतले जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि एक घण्टा धर्ना दिएको जनाएकाछन् ।
हत्या गरिएका युवाको सम्झना एबं हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै दलित संघसंगठन एवम् जातीय मोर्चाका प्रमुख तथा प्रतिनिधिले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवशरमा मुखमा कालोपट्टि बाँधेर कालो व्यानरसहित प्रशासन अगाडि धर्ना दिएको खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहारले बताएका छन् ।
प्रशासनमा धर्ना दिनु अगाडि दलित संघसंगठन, जातीय मोर्चा एबं अधिकारकर्मी लगायतको समुहले लकडाउनकैबीच दिक्तेलबजारको त्रिवेणी चोकबाट पुरानो बेस क्याम्प हुँदै प्रशासनसम्म विरोध ¥याली गरेको र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएपछि पुःन निकालिएको ¥याली त्रिबेणी चोकमा पुगेर कोण सभामा परिणत भएको धर्नामा संलग्नहरुको भनाई रहेको छ ।
नवराज सहित ६ जनाको हत्याको विरोधमा दलित संघसंगठनले लकडाउनकै बीचमा जेठ १६ गते पनि दिक्तेलमा विरोध ¥याली प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलार्य ज्ञापनपत्र बुझाएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]