दिबस रिजाल, जेठ २२ बिहीबार खोटाङ ।
खोटाङमा थप ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखीएसंगै कोरोना सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।
विराटनगरस्थित कोशी अस्पतालले आज बिहीबार उनीहरुलाई कोरोना संक्रमण पुष्टि गरेको हो । कोरोना संक्रमण हुनेमा हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाका दुई युवा र सोही नगरपालिका–५ दुर्छिमका एक पुरुष छन् । संक्रमित तीनै जना जेठ दोश्रो साता भारतबाट आएका थिए भने उनीहरुको अबस्था सामान्य रहेको जिल्ला अस्पताल खोटाङका चिकित्सक डा .शैलेष श्रेष्ठले बताए ।कोरोना संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई थप उपचारका लागि धरान या विराटनगर पठाइने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताएका छ्न । उनका अनुसार संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङका पनि गरिने छ । यसअघि सोही नगरपालिकाको महादेवस्थानका १ जना युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]