२४ जेठ २०७७–खोटाङ । रुकुम पश्चिम चौर जहारी हत्याकाण्डमा गत जेठ १० गते नबराज बिश्वकर्मा सहित बिभत्स हत्या गर्ने अपराधीहरुलाई राज्यले थप कार्ययोजना नल्याई तदारुकता नदेखाएको भन्दै उक्त घटनाको घोर र्भत्सनाका खोटाङ दलित संयुक्त संघर्ष समितीले प्रेष बिज्ञप्ती जारी गरेको जनाएको छ ।
दलित भएकै आधारमा राज्य संलग्न जनप्रतिनिधि वडाध्यक्षनै लागेर अमानविय घटना घटाएको तर राज्यले उक्त घटनाक दोषी उपर कारबाहीको लागि योजनाबद्व तयारी र कार्यान्वयन नगरेको भन्दै यही जेठ २५ गते नवराज बिक का हत्यारालाई कारवाहीको माग सहित सबै स्थानिय तहलाई ज्ञापन पत्र बुझाउने,त्यसैगरी जेठ २६ गते मसाल जुलुस सहित पुत्ला दहन गर्ने र जेठ ३० गते मार्च पास सहित दलित समुदायद्वारा निर्मित हतियार प्रर्दशन गर्ने कार्यक्रम रहेको खोटाङ दलित संयुक्त संघर्ष समितीका संयोजक दिपक ठटालले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]