२५जेठ २०७७–खोटाङ । जिल्लाको उत्तरी क्षेत्र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छामा छिमेकीको हुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको भएको छ भने निजकी श्रीमती भएको खबर प्राप्त भएको छ ।
३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट आईतबार ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताएकाछन् ।
खुकुरी प्रहारबाट मृतकका ६२ वर्षीय श्रीमती साममायाँ राई गम्भीर घाईते भएको प्रहरीको भनाई रहेकोे छ । शिबराजको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका डिल्लीराजको हेलीकोप्टरमार्फत उपचारका लागि काठ्माण्डौं पठाउने तयारी गर्दागर्दै मृत्यु भएको खबर छ ।
मृतककी घाइते श्रीमतीलाई भने उपचारको लागि हेलीकोप्टरबाट काठ्माण्डौं लगिएको छ भने खुकुरी प्रहार गर्ने शिवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । के कारणले खुकुरी प्रहार भएको हो हाल सम्म पत्ता नलागेको प्रहरीको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]