२६ जेठ २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत वडा नं. १४ बुइपाको निकै चर्चामा रहेको पुरानो बजार पञ्चेदोबाटो बजारमा कृषि उपज संकलन तथा बिक्री केन्द्रको स्थापना भएको जानकारी प्राप्त भएको छ ।
वालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित WE-FEELपरियोजना अन्तर्गत किसानले स्थानिय स्तरमा उत्पादन गरेको कृषि उपज बिक्री तथा संकलनको लागि परियोजना मार्फत १२ लाख आर्थीक सहयोगमा २ वटा ट्रष्ट र १ वटा पक्कि संकलन घर निर्माण भएको परियोजना प्रबन्धक युवराज रिजालको भनाई रहेको छ ।
यता पुर्बकै ग्रामिण क्षेत्रको ब्यबस्थित बजार बनाउने उद्देश्यका साथ ट्रष्ट,भुइमा इटा बिछ्याउने साथै गार्डेन,सार्बजनिक सौचालय निर्माण भइसकेको र निकट भबिष्यमै कोल्ड स्टोर निर्माण गरिने १४ नं. वडाध्यक्ष दिनेश राईले बताएकाछन् ।
कृषकले उत्पादन गरेका कृषि उपज कुहिने बिग्रीनेलाई कोल्ड स्टोरमा राखिने,बिक्री नभएको सामग्री पुनः बेच्न चाहने किसानको सामग्री निशुल्क राखिदिने,बेच्न चाहेमा वडा कार्यालयले नै किनिदिने र कर्मचारीको ब्यबस्था गरी दैनिक कृषि उपज संकलन केन्द्र मार्फत बिक्री गर्ने ब्यबस्था मिलाईने वडाध्यक्ष राईले जनाएकाछन् ।
हप्ताको प्रत्येक शुक्रबार लाग्ने उक्त हाटबाट पाउने उक्त सुबिधा प्रत्यक्ष रुपमा बुईपा,नुनथला,बिजयखर्क र छिमेकी नगरपालिकाको राजापानी,अर्खौले लगाएतका सेवाग्राहीहरुले प्राप्त गर्दै आएकाछन् ।
कृषि उपजहरु बाहिर खुल्ला ठाँउमा बिक्री गर्नु पर्ने साथै बजारको अन्तिम सम्म बिक्री नभएको सामान क्रेताले भनेकै मुल्यमा वा सस्तो मुल्यमा दिएर हिड्नु पर्ने अबस्थाको अन्त्य भएको,निकट भबिष्यमै सबैपक्ष बसेर कृषि उपजको मूल्य निर्धारण गरिने साथै बिचौलियाको चलखेल बन्द हुने नेकपा का १४ नं.वडा संयोजक मिलन राई को भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]