२७ जेठ २०७७–खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवामा कुटपिटका कारणबाट एक युवाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
झगडाका क्रममा कुटपिट पछी घाईते भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईलाई घटनामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर सुताईएको थियो, तर बिहान निजको मृत्यु भएको खबर प्राप्त भएको स्थानीयको भनाई रहेको छ ।
सोमबार साँझ कुटिएका निज युवक सुतेकै ठाउँमा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले बताएकाछन् । झगडामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ,अब अनुसन्धान थालिने प्रहरीको भनाई रहेको छ ।
घटनाको बास्तबिक कारण खुल्न नसकेको तर योजनाको विषयमा झगडा भएको सुनिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताएकाछन् ।
शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र चिसापानीमा लगिएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]