२७ जेठ २०७७–खोटाङ । रुकुम पश्चिम चौरजहारी हत्याकाण्डमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस गर्ने क्रममा प्रहरीद्वारा दमन भएको जानकारी प्राप्त भएको छ ।
आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका नवराज बिक सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले पूर्ब प्रेस बिज्ञप्तीमा उल्लेख गरेअनुसार सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको जनाएको छ ।
सरस्वती आधारभुत विद्यालय पोखरीबाट सुरु गरिएको राँके जुलुसलाई पुरानो बैंकचोकमा प्रहरीले हस्तक्षेप गरेर राँको खोसेपछि संघर्ष समितिको टोलीले त्रिबेणीचोकमा पुगेर कोणसभा गरेको र कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक दिपक ठटालले भने दलितले निर्माण गरेको हातहतियार प्रर्दशन र मार्चपासको कार्यक्रम नगर्नको लागि प्रमुख जिल्ला अधिकारी सहित राजनिति दलहरु संग बार्तामा सम्झौता भएको थियो ।
तर राके जुलुस गर्ने सहमतीमा प्रहरीद्वारा दमन भएकाले अब पुर्ब योजना अनुसार आन्दोलन गर्ने घोषणा गरेको जानकारी प्राप्त भएको छ । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संघर्ष समितिका संयोजक ठटालको भनाई रहेको छ ।
जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्नु परेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]