• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / अन्तर्राष्ट्रिय

बेचिदैछ नेपाली स्वाभिमान ।

२९ जेष्ठ २०७७, बिहीबार ०७:३२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
देश पोस्ट
  • ७३३ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन
    हाल : रेगिस्तान

    भनिन्छ नेपाली वीर गोर्खाली नेपाली बिर गाथा इतिहासमा आफ्नो स्वाभिमान झुक्न नसकेको नेपालीहरुको इतिहास सर्बबिदितै छ । इतिहासको पानामा लेखिएका नेपाली स्वाभिमान झुक्नै सक्दैन । त्यसैले हिजो न कसैका सामु झुकेको थिए, नत आज झुकेको छ । त्यसैले त आज पनि छैनन् र भोलि पनि हुन नदिन आजका पुस्ताहरुको अहम् भूमिका रहनेछ ।

    जहाँ यसरी स्पस्ट भन्न सकिन्छ । हामी नेपालीलाई अरुले दिएको सुख भन्दा हामी आफैले पसिना बगाएर पाएको दुःखनै प्यारो लाग्छ । जसमा आफ्नो अधिकार सुरक्षीत अनि स्वतन्त्रता हुन्छ, स्वाभिमान हुन्छ र हाम्रो गौरवपूर्ण इतिहास पनि हुन्छ । इतिहासदेखि आफ्नो स्वाभिमान नझुकेका हामी क्षणिक सुखको लागि कसैको आशाबादी वचनमा स्वार्थको निमित्त नयाँ र चिल्ला नोटमा आफ्नो अस्तित्व बेच्न हाम्रा पूर्खाहरुको अपमान गरिनु हो ।

    आजको इतिहास सम्म आईपुग्दा हरेक काल खण्डमा हेर्ने हो भने आफ्नो पसिनामा रमाउने हामी नेपाली कहिल्यै झुकेन यहाँ जोड्न खोजेको बिषय के हो भने दुई तिहाईको सरकाले एमसीसी पास गर्ने जनहितको बिरुद्ध गरिएको कसरतको चर्चा चलिरहेको छ । जो अमेरिकी सरकारले अनुदान स्वरुप दिन लागिएको एमसीसी परियोजना हो । यो ईण्डो प्यासिफिक सैन्य रणनीतिद्वारा संचालित छ । सम्झौताको लागि तयार पारिएको ७७ पेज लामो दस्तावेज अध्ययन गर्दा कैयौं बुँदाहरु नेपाल र नेपाली जनताको हित विपरीत छ्न् भन्ने जान्दा जान्दै पनि सरकारले पास गराउन लक्डाउनको मौका छोपी राष्ट्रघाती निर्णय गर्न समर्थन गर्नु जन दबाद दिनु मुलुकका जनताको लागि दुखद कुरा हो ।

    वास्तवमा भन्ने हो भन्ने कति पयलाई एमसिसी भन्ने के हो भन्ने कुरा स्पस्ट रुपमा थाहा नहुन पनि सक्छ ,त्यसैले यसको बारेमा केही लेख्ने प्रयत्न गरे एमसीसी देशको राष्ट्रीय स्वाधीनता, स्वतन्त्रता तथा सार्वभौमको विपरीत छ । भन्ने कुराको जानकार हुदा हुँदै पनि राज्य सत्ताका ठुला ठालु भनाउदाले आफ्नो स्वार्थको लागि पास गर्न चौतर्फी कसरत गरेकोमा नेपालका बुद्धिजीवीहरुले पनि एमसीसी बारे ठूलै बहस चलाएका छन् ।

    उनीहरुका अनुसार यो राष्ट्रिय स्वाभिमानमा ठेस लाग्नुका साथै नेपाली जनताको लागि निकै घातक र भावी पुस्ताहरुको लागि पनि उत्तिकै ठूलो सजाय हुन सक्ने अनुमान गरिएकोछ ।

    यति हुँदाहुँदै पनि एमसीसी सम्झौता पास गर्नु पर्छ भन्नेमा सम्माननीय प्रधानमन्त्री केपि ओली, सम्माननीय पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा लगायत केही दर्जन नेताहरुले कडा कसरत गरिरहेको स्पस्ट देखिएका छन् ।

    यो हुनु अफाब सिद्ध छदैछ । हिजो र आज सम्म साम्यवादको नारा लागाउदै भोट माग्ने तर ब्याबहार भने साम्राज्यवाद, पुजीवादी गर्ने यिनीहरु आफूले आफूलाई साम्राज्यवादका भ्रष्ट दलालहरु हुन् भन्ने प्रमाणित गर्दैछन् । हैन भने हाम्रो प्यारो मातृभूमि कालापानी लिपुलेक लिम्पियाधुरामा परेड खेलिरहेका भारतीय विस्तारवादीका सेनाहरुलाई किन चाँडै फिर्ता पठाउन कुटनैतिक छलफल गरेर आन्तरिक समस्या किन समाधान पक्षमा जादैन ?

    अझै देश र जनताको हित विपरीत आफ्नो स्वार्थअनुसार एमसीसीलाई पारित गर्न खोज्ने अधिकार कसैले दिदैन । मुख्य कुरा त सत्ताधारीहरुले यो कुरा बुझी बुझी बुजपचाएको छ । यिनीहरुलाई यसले हाम्रो कानुनलाई समेत स्वीकार्दैन भने यस्तो खालको अनुदानलाई हामी किन स्वीकार्ने ? यदि पास नै गर्नुपर्छ भने, प्रधानमन्त्री ओली र देउवाको विश्वास गुम्छ भने विबादास्पद बुँदाहरु परिमार्जन गरेर मात्र पास गर्नु पर्छ । जुन परिमार्जनले नेपाल र नेपालीको स्वाभिमानलाई उचाई प्रदान हुनेछ । अन्यथा देश र जनताको स्वाभिमानलाई तिलाञ्जली दिँदै उनीहरुको सीमित स्वार्थ पूरा गराउने पक्षमा कोही हुदैन ।

    एमसीसीको अनुदान रकममा किन थुक निल्छौ, सरकार ? एमसीसीको भन्दा दोब्बर रकम त नेपाल सरकारलाई कर छली गर्नेहरुबाट उठ्छ । हिम्मत छ भने एनसेलले गरेको कर छली असुल, ह्वाइटबडी खरिदमा अनियमितता भएको ६ अर्बको सत्यतथ्य छानबिन गर । देशमा भ्रष्टाचारलाई न्यूनीकरण गर । २००७ सालदेखि यताका सम्पूर्ण नेताहरुको सम्पत्तिमाथि छानबिन गर अनि साना कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको कमिसन खानेहरुलाई सार्वजनिक गरेर कारवाही गर । कुनै पनि देशको राजस्व अन्त जाँदै जादैन आफ्नो देशको अर्थतन्त्र सुध्रिन्छ ।।
    नेपाली इमानदार र देशभक्त नेपाली जनताहरुलाई गुलियो देखाएर, विभिन्न प्रकारका भ्रमहरु छरेर भारतसँग गरेका राष्ट्रघाती सन्धीहरुले गर्दा आज नेपाली जनताले ठूलो मूल्य चुकाउनु परेको छ । फेरि पनि आज एमसीसीलाई वैधानिकरूपमा नेपाल प्रवेश गराउन लागिरहेका छौ, किन ? हिजोका भारतसँगका असमान सन्धीहरु खारेज गर्न काप्नेहरुले भोलिका दिनमा एमसीसीलाई खारेज गर्ने हैसियत राख्लान् भन्ने कसरी सोंच्न सकिन्छ ?

    एमसीसी जनताको लागि स्विकार्य छैन । यसर्थ एमसीसीको विरोध गर्नु हरेक देशभक्ति नेपाली नागरिकको दायित्व र कर्तव्य पनि हुन आउँछ । यस्तो खालको सम्झौता गरेर यी नेता भनाउँदाहरुले के गर्न खोजेका हुन् ? कोहि कसैको व्यक्तिगत स्वार्थ र राजनीतिक दलको फाईदासँग राष्ट्रीय स्वाधिन्तालाई दाज्ने कुप्रयास नगरियोस् । त्यसैले म फेरि पनि भन्छु, राष्ट्रघाती एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑