२९ जेठ २०७७–खोटाङ । १ नं. प्रदेशसभा सांसद उषाकला राईले खोटाङका अमेरिकन फौजीकिरा र खडेरी पीडित नागरिकहरुको पिडा सांसदमा प्रस्तुत गरेकीछन् ।
१ नम्बर प्रदेशको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बुधबार शुन्य समयमा बोल्दै खोटाङबाट प्रदेशसभा सांसद रहेकी राईले खडेरी र फौजी किराको प्रकोपका कारण अन्नवाली उत्पादन नहुँदा भोकमरीको चपेटामा परेका नागरिकका लागि विशेष राहतको कार्यक्रम ल्याउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको जनाएकीछन् ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहका नदी किनार क्षेत्रका गरिब जनता खडेरी र फौजी किराको मारमा परेको कुरा संसद राईले प्रस्तुत गरेकीहुन् ।
खडेरी, फौजी किराको अतिक्रमण साथै कोरोना भाइरसको संक्रमण । यी समस्याहरुले खोटाङलाई आक्रान्त पारेको छ । जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुशारको डाक्टरको व्यवस्था छैन , स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थाको लागि सरकारको ध्यानाकर्षण गराउदै विकास निर्माणको चटारो परेकाबेला सिमेन्टको मूल्य बढेको भन्दै मूल्य नियन्त्रणका लागि समेत सरकारको ध्यान पुग्न जरुर रेहेको कुरा ब्यक्त गरेकीछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]