२९ जेठ २०७७–खोटाङ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं.–२ बाकाचोलको वडा कार्यालयमा ताला बन्द गरिएको जानकारी प्राप्त भएको छ ।
वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष सन्तबीर तामाङले आफुखुसी गरेको भन्दै चार जना वडा सदस्य एबं असन्तुष्ट स्थानीयले बुधबार वडा कार्यालयमा ताला बन्द गरेको स्थानियको भनाई रहेको छ ।
चारै जना वडा सदस्यलाई थाहै नदिइ उपभोक्ता समिति गठन गरिएको, भवन कस्तो बनाउने भन्ने ईन्जिनियरिङ स्टीमेट नबनाइएको, हालसम्म भवन बनाउने जग्गा छनौट नभएको, अघिल्लो योजनामा पदाधिकारी रहेर हालसम्म योजना सञ्चालन गरिरहेका व्यक्तीलाई समेत भवन निर्माण उपभोक्ता समितिमा पदाधिकारी राखिएको भन्दै तालाबन्द गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
गाउँपालिकाबाट विनियोजित २५ लाख बजेटबाट वडा कार्यालयको भवन निर्माण गर्न लागिएकामा भवन निर्माणका क्रममा भएका कमी कमजोरी नसच्याएसम्म ताला नखुलाइने वडा कार्यालयमा टाँसिएको विज्ञाप्तीमा उल्लेख छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]