३० जेठ २०७७–काठमाण्डौ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण देशमा लकडानको अवस्थालाई खुकुलो बनाउँदै लैजाने सरकारको नीतिअन्तर्गत आज देखि सरकारले जोरबिजोर प्रणाली लागू गरेसँगै २ पांग्रे सवारी साधनमा एकजना मात्र चढ्न पाउने निर्णय अब्यबहारिक भएको भन्दै चौर्तफी आलोचना भईरहेको जानकारी प्राप्त भएको छ ।
२ पाङ्ग्रे सवारी साधनमा एकजना मात्र यात्रा गर्न पाउने निर्णय व्यावहारिक नभएको भन्दै महानगरीय ट्राफिक प्रहरी कार्यलयले सरकारलाई यो निर्णयमा पुनर्विचार गर्न अनुरोध समेत गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताएकाछन् ।
आज मात्रै महानगरीय ट्राफिक प्रहरीले १ हजार ६ वटा सवारीलाई कार्वाही गरेको जनाएको छ । जसमध्ये ४ सय ६७ वटा दुईपांग्रे र ५ सय ३९ वटा ४ पांग्रे सवारी साधन कारवाहीमा परेको महानगरीय ट्राफिक कार्यलयका प्रमुख एसएसपी ढकालको भनाई रहेको छ ।
सरकारको निर्णय बिपरित २ पांग्रेमा १ भन्दा बढी र चार पांग्रेमा चालकबाहेक २ भन्दा बढी चढ्ने, जोरबिजोर उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले कारवाही गरेको ढकालले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]