३१ जेठ २०७७–काठमाडौं । नेपाल सरकारले संबिधान दोश्रो संसोधन बिधेयक सर्बसम्मत रुपमा पारित गरेको छ ।
छिमेकी राष्ट्र भारतले मिचेको सिमा र गत ६ महिना अगी आफ्नो राष्ट्रिय नक्सामा नेपालक भुमी लिम्पियाधुरा,लिपुलेक एबं कालापानी समेत राखी नक्सा जारी गरेपछी नेपाल सरकारले आज नयाँ नेपालको नक्सा अंकित निशान छाप बनाउनका लागि सदनबाट संबिधान संसोधान सर्वसम्मत रुपमा पारित गरेको खबर प्राप्त भएको हो ।
सरकारले चालेको यो एतिहासिक कदमको राष्ट्रियताको पक्षमा नेपालका सबै राजनितीदलहरु एक ढिक्का भएको यो ऐतिहासिक दिनको रुपमा राजनितिक बिश्लेषकहरुले बताएकाछन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधान अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याइएको विधेयकलाई शनिबार प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको जनाएको छ ।
आज कानुन न्याय तथा संसदिय मामिला मन्त्री डा.शिबमाया तुम्बाहाम्फेले संविधान संसोधनको बिधेयक पेश गरेपछी उक्त विधेयकलाई दफावार छलफलपछि सबै दल र सांसदहरुले सर्वसम्मत रुपमा पारित गरेको जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]