कमल प्रसाद तिमल्सिना
लेखक ः इन्जिनियरिङ्ग क्षेत्रमा क्रियाशिल रहेकाछन् ।
आज बिश्व कोभिड-१९ को महामारी मा कसरी बाच्ने भनेर घर भित्र लुकिरहेको छ । हामि नेपालि मात्र नभएर सारा बिश्व का शक्ति रास्ट्र हरु पनि यसरि बसी रहेका छन, सब बाच्न को लागि लकडाउनको मार खेपी रहेका छन, तर नेपालको अछाम जिल्ल्ला साफेबगर नगरपालिका स्थित बयलपाटा अस्पताल मा मिति २०७७ साल जेष्ठ २६ गते एकदम दुखद घटना भयो सबै बाच्न को लागि यसरि बसी रहदा एक युबकले आफ्नो बच्ने आधार गुमेको निउमा आफ्नो शरीरमा पेट्रोल खन्याई आगो लगाएर आत्मदाह गरेको घटना जुन घटना ले धेरै प्रश्न सिर्जना गरेको छ।
हुन त यो एउटा प्रतिनिधि घटना मात्र हो कोभिड-१९ को कारण आफ्नो रोजीरोटी गुमेको निउमा ज्यान गुमाउनेको संख्या बढेको समाचार पढी र सुनी रहेका छौ।
बयलपाटा अस्पताल कुनै एक गैरसरकारी संस्था र नेपाल सरकारको साझेदारी मा संचालन भयको अस्पताल हो भन्ने कुरा मैले सुनेको थिए र यो अस्पताल एकदमै रमणीय स्थान साफेबगर बिमान स्थल बाट ४-५ कि.मि. मा पर्छ र भौतिक पुर्बाधार को बिकास को क्रम मा रहेको यो अस्पताल भिन्न किसिम को इन्जिनियरिङ डिजायन मा बनेको अत्यतै राम्रो दिखिन्छ र सुनेको यो अस्पताल अछाम जिल्ला मात्र नभएर बाजुरा, डोटी जिल्ला को पुर्बी भेग, दैलेख जिल्ला को पश्चिमी भेग लगायत मुगु र कालिकोट सम्म को बिरामी हरुले सेवा लिने अस्पताल हो भन्ने कुरो मैले मेरो यात्रा को क्रम मा सुनेको थिए र सुन्दा एकदम खुसि लाग्दथ्यो, दुर्गम पहाडी भूगोल मा सुबिधा सम्पन अस्पताल हुनु एकदम राम्रो हो।
कुनै समय क्षेत्रीय सदरमुकाम रहेको डोटी जिल्ला अस्पताल मा उपचार हुन नसक्ने बिरामी को उपचार गर्न दक्ष चिकित्सक र पुर्बाधार को बिकास गरेको र नाम चलेको अस्पताल मा एउटा श्रमिक को रोजीरोटी खोसिएको निउमा अस्पताल परिसर मा नै शरीर मा पेट्रोल खन्याई आगो लगाएर आत्मादाहा हुनु एकदम दुखद घटना को रुपमा लिनु पर्दछ।
हरेक मानिस को सोच्ने मनोविज्ञान फरक फरक हुन्छन सबै को दिमाग एकै किसिम को हुदैन किन कि सबै अल्बर्ट आइन्स्टाइन हुन पनि सक्दैन, सबै गौतम बुद्ध हुन पनि सक्दैन ,अनि सबै हिटलर हुन पनि सक्दैन ,सबै का आफ्नो दिमाग सेट भयको हुन्छ र तेही दिमाग ले उ अगाडी बढिरहेको हुन्छ। मानिस को मनोविज्ञान कस्तो छ त्यस लाई बुझ्न सकियो भने केहि कतै अर्को बाटो मा मोड्न सकिन्छ यदि सुदर्शन आउची को मनोविज्ञान अस्पताल प्रशानले केहि बुझ्ने प्रयास गरेको भए सायद उनले आत्मदाह को बाटो नरोजे जिविकोपार्जनको बाटो रोज्न सक्थेकी ?
भगवान गौतम बुद्ध भिन्न स्वभावका थिए राजा सुद्धोधन लाई कतै यसले राजकाज त्यागेर हिडिपो हाल्छ कि भनेर पहिलानै सोचेका थिय र उन ले गौतम बुद्ध को मन बहलाउन सकिन्छ कि भनेर उनको बिवाह पनि गरिदिय तर भगवान गौतम बुद्ध को मनोबिज्ञान ज्ञानको खोजीमा थियो त्यसैले उनले रात को समयमा गृह त्याग गरेका थिए र लामो तपस्या पछी उनले ज्ञान प्राप्त गरि बिश्व भरि कहलिए।
रत्नाकर नाम गरेका खुंखार डाकु असल मार्गनिर्देसन बाट माहान कबि कालिदास भएर कहलाएको पनि हामीले सुनेका छौ यो असल मानोसामाजिक परामर्श को कारण भएको भन्न सकिन्छ त्यसैले हरेक मानिस लाई मानोसामाजिक परामर्श एकदमै आवस्यक कुरो हो मानिस लाई उस्को मनोविज्ञान बुझेर असल परामर्श दिन सकियो भने असल मार्ग मा पुर्याउन सकिन्छ।
हुन त राजा सुद्धोधन ले युबराज गौतम को बिवाह नगरेर मानोसामाजिक परामर्शबाट उनका प्रश्न को उत्तर खोज्ने प्रयास गरेको भए उनि राजा हुन सक्दथे तर ज्ञान को प्राप्ति भने हुने थिएन यसलाई भिन्न कोण बाट हेर्न सकिन्छ तर हरेक मानिस को समस्याको समाधान मानोसामाजिक परामर्श बाट हुन सक्दछ ।
आज कोभिड-१९ को कारण आफ्नो रोजीरोटी गुमाउनेको संख्या बिश्व भरि नै छन यो लेख तयार गर्दा सम्म रोजगारी गुमाउनेको संख्या को यकिन तथ्याङ्क नभेटेको ले मैले यहाँ उल्लेख गर्न सकिन तथापी ठुलो संख्या मा मानिस ले रोजगारी गुमाएका छन् यसले ठुलो संकट खडा गरेको छ ।
रोजगारी गुमाउने सबैलाई चिन्ता हुनु स्वभाबिक हो किनकी उसले आफ्नो रोजगारी बाट आफ्ना दैनिक आवश्यकता धान्दै गरेको अवस्थामा एक्कासी रोजगारी गुम्दा आवश्यकता पूर्ति गर्ने स्रोत नै बन्द भएको छ। यसले रोजगारी गुमाउने मा मानसिक तनाव हुनु स्वभाबिक हो तर यस्को समाधान के र कस्को जिम्मेवारी हो मनन गर्नु पर्ने बिषय बनेको छ ।
मानिसमा आशा, विश्वास र सपना हरायो भने मानिस या त विद्रोही हुन्छ या निराशा, कुण्ठा र तनावमा बाँचिरहेको हुन्छ । नेपालको राजनैतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक विपद जस्ता अवस्थाले मानिसमा निराशा, विद्रोह र तनाव उत्पादन गरिरहेको देखिन्छ ।
यस्तो समाजमा मनोसामाजिक समस्या पैदा हुने गर्छ। मनो विश्लेषकहरु शब्द सापटी लिदाँ मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन (Conscious), पूर्व चेतन (Pre-Conscious) र अचेतन (Unconscious) गरी तीन भागमा बाँडिदिएका छन् । विना विश्लेषण आनन्द र खुसीको मात्रै चाहना राख्ने मन अचेतन मन हो । यो प्रकृतिको र जन्मजात हुन्छ । आफ्ना हठात् चाहनाको छिटो सन्तुष्टि प्राप्त गर्नु यसको विशेषता हो । यो विशेषता तमोगुणी मानिन्छ । पूर्व चेतन मनले चाहना र वास्तविक अवस्थाको बीचको चिन्तनलाई प्रेरित गर्छ । यथार्थ, सन्तुलित र स्वीकारयोग्य चाहनाहरुमा अडिने मन पूर्वचेतन मन हो । यो अहम् (Ego) मा आधारित र रजोगुणी हुन्छ । चेतन मन (Conscious) ज्ञान, सूचना, मूल्य, मान्यता, नैतिकता र आदर्शको सेरोफेरोमा सीमित हुन्छ । पूर्ण सचेत अवस्था हो यो, जसलाई उच्च अहम् (Superego) को अवस्था पनि भनिन्छ ।
यसलाई सतोगुणी अवस्था पनि भनिन्छ । मन र मस्तिष्कका स्रोतहरु ज्ञानेन्द्रिय नै भएकोले फ्रायडले अचेतन, पूर्वचेतन र चेतन मनलाई अचेतन,पूर्वचेतन र चेतन मस्तिष्क पनि भनेका छन् । मनोविज्ञानका भाषामा मन, मष्तिस्क र चेतना यी क्रमश परिमार्जन हुदैँ प्रयोग भएका शब्दावली हुन् र त्यहाँबाट उत्पादित व्यवहार मात्रै अध्ययन गर्न सकिन्छ।
एउटा बोटको जीवनचक्रलाई हेर्ने हो भने – बीजबाट बेर्ना बन्दछ, बेर्नावाट बोट अर्थात् रुख बन्दछ । यही क्रममा उचाइ, तौल आदि मात्रात्मक परिवर्तन हुन्छ र छहारी दिने, फूल्ने, वास्ना दिने, आकर्षित गर्ने गुणहरु देखा पर्न थाल्दछन् । मानव जीवनमा पनि यस्तै प्रक्रिया पूरा भएको हुन्छ । मानव जीवनको मात्रात्मक एवम् गुणात्मक विशेषताहरुको अध्ययन विश्लेषण गरी भविष्यवाणी गर्ने तथा दिशा निर्देशन गर्ने काम मनोविज्ञानले गर्दछ ।
मनोविज्ञानलाई सिक्ने र सिक्न सहयोग पुर्याउने बीचको व्यवहार अध्ययन गर्ने विज्ञान पनि भनिन्छ । सिकाइ, शिक्षक, विद्यार्थी, कक्षाकोठाको वातावरण बीचको यान्त्रिक सम्बन्ध मात्रै होइन, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य वातावरणीय उद्दीपक बीचको भावनात्मक सम्बन्धबाट मात्रै व्यवहारमा परिमार्जन गर्न सकिन्छ । यहि परिवर्तन नै सिकाइ हो । यही कुराको सन्तुलन मिलाउने काम मनोविज्ञानले गर्दछ ।
मनोबिद हरुकै शब्दमा भन्नु पर्दा मनोसामाजिक परामर्शको अर्थ व्यक्तिको मन मष्तिस्क र भौतिक, सामाजिक वातावरण बीचको सम्बन्ध राम्रो भएन भने बालक वा व्यक्तिको सामाजिकीकरणमा नकारात्मक प्रभाव पर्छ र सामाजिक समस्या उत्पन्न हुन्छ । मनोसामाजिक समस्याको कारणको खोजी गर्नु मनोसामाजिक विमर्श हो । रोगको पहिचान नभएसम्म उपचार सम्भव नभए जस्तै मनोसामाजिक समस्याको पहिचान बिना परामर्शको चरणमा प्रवेश गर्न सकिँदैन ।
समस्यामा परेको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्दै सकारात्मक धारणा निर्माणमा मद्दत गर्ने, समस्या जटिल हुन नदिन सजग बनाउने, निराश हुनवाट बचाउने, निर्णय गर्न सहज पारिदिने, ऊ भित्रका क्षमताहरुलाई प्रशंसा गर्दै परिचालन गर्ने, आत्मविश्वास वढाउँदै परिस्थितीसँग समायोजित हुन सक्ने र सामना गर्न सक्ने बनाउनु नै परामर्श सेवा हो । परामर्श सेवा अत्यन्तै मनोवैज्ञानिक काम हो र तत्सम्बन्धी सीप भएको विज्ञबाट मात्र सम्भव हुन्छ । परामर्श लिन चाहनेलाई मात्र प्रदान गरिने सेवा हो । व्यक्तिको इच्छा विपरीत परामर्श सफल हुन सक्दैन ।
यहाँ जोड्न खोजेको महत्वपुर्ण कुरो के हो भने हालको कोभिड-१९ को संक्रमण बाट रोजगार गुमाउने को संख्या धेरै भयको हुँदा यसले मानिसको चाहानालाई कुण्ठित र साँगुरो पारिदिएको छ। मानिसको आवश्यकता पूर्ति का साधन बन्द भएको छ यस अवस्थामा मन हरू भड्किरहेका छन् यसले मानिस मा सकारात्मक तथा नकारात्मक दुवै किसिम का सोचाई पैदा गरि रहेको छ।
सकारात्मक अर्थमा हेर्ने हो भने मानिस रोजगार गुमी सके पछी नयाँ योजना बनाउने अध्यन गर्ने नयाँ व्यवसायको कल्पना गर्ने जस्तो कुरा लाई लिन सकिन्छ भने नकारात्मक अर्थ मा हेर्ने हो भने मानिस रोजगारी गुमाएको पिडा मा झोक्राउने, कसै सँग नबोल्ने, कसरी परिवार पाल्ने, मेरो मालिक कति निष्ठुरी रहेछ अनेक अनेक सोच्ने अब केहि गर्न सक्दिन मारिदिन्छु जस्ता नकारात्मक भावना मनमा विकास गर्ने लिन सकिन्छ।
हो यसरि बिकास भएका सकारात्मक तथा नाकारात्मक दुवै किसिमका मनोविज्ञान लाई सन्तुलन गर्न मनोसामाजिक परामर्श को ठुलो भूमिका हुन्छ भन्ने मलाई लाग्दछ।
बयलपाटा अस्पतालको सिद्धार्थ आउची त एउटा प्रतिनिधि पात्र मात्र हुन उनि जस्तै कयौ मनहरुमा सकारात्मक तथा नाकारात्मक दुवै किसिमका मनोविज्ञान बिकास भै रहेको छ यसलाई समाधान गर्न मनोसामाजिक परामर्श को ठुलो भूमिका हुन्छ । त्यसैले यो संक्रमणकाल मा रोजगार गुमाउने हरुको लागि मनोसामाजिक परामर्श का कक्षा हरु संचालन गरि बयलपाटा अस्पतालको घटना हुन बाट जोगाउ यो जिम्बेबारी कस्को सरकार वा रोजगारदाता? समयमा नै बिचार गरियोस, जय होस ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]