विप्लवी तेन्जु योन्जन
सदियौ देखि चेतनशील प्राणिको रुपमा परिचित मानवहरुले हरेक समय आफ्नो स्वार्थको निमित आफ्नो कर्तव्य बिर्सेर घातक बिषय बस्तु तथा राष्ट्र घाती एकल निर्णय को कारन मुलुकमा आम जनताको हितको विरुद्ध उभिएको सरकार पक्ष तथा अन्य केहि दलका नेतृत्व पन्तिनै राष्ट्रघाती निर्णयको समर्थन गरिरहदा के कुरा बुझ्नु जरुरी हुन्छ भने स्वार्थी भावना तथा पुजीवादी दक्षिण पन्थि प्रवृत्तिको कारण वर्तमान विश्वमा ठूलाले सानालाई धनिले गरिबलाई सधैंं हेपाह प्रथाको प्रभावमा पार्नखोज्छन् ।
मुलुकको परिस्थितिमा स्पस्ट जुन जस्तै छर्लङ्ग देखिएको नेपालको दुई तिहाई सरकारले यस्तै यस्तै अराजक असभ्य क्रूर ब्यबहार गरिरहेको छ । जहाँ अहिले बर्तमन राजनीतिमा यो सूत्र लागू गर्दै ठूला देशले साना माथि थिचोमिचो गरेकाछन् ।
विशेषतः शक्तिशालि भनिने देशको बोली र व्यवहारमा समानता नपाउनु नै यस्को ज्वान्त उदाहरण हो । आज ठूला र शक्तिसम्पन्न राष्ट्रले साना मुलुकमा आफ्नो अद्यिपत्य लाद्न अनेकौं हतकण्डा प्रयोग गरेकाछन् । नेपाल पनि त्यसबाट अछुतो रहनसकेन । पूर्खाले जोगाएको यहाँको विशिष्टतामा धावा बोल्दा लोकतन्त्र ज्यादै कम्जोर देखियो । विदेशी लगानीमा केही प्रायोजित पात्र भित्र्याईरहेको अबस्थामा बिरोध हैन राष्ट्र घाती निर्णय गरि आफ्नो स्वार्थ पूरा गर्न कुनै कसर नराखी लागि परेको देखिन्छ ।
भागबन्डामा विवाद आउला भनेर तिनको नांगो नाच संसद तथा संसद भवन भित्र समेत देखिन्छ । त्यस्तो राष्ट्र घाती , विभत्स खेल निरुत्साहित पार्नुको अलवा विदेशी मालिक रिझाउन नेपाली अनुहारका खलपात्रहरु ब्यग्रछन् । यिनीहरुको चरित्र हेर्दा आफ्नै मुलुकका नागरिकमा लज्जाबोध हुन्छ । अब त सिमा नाघिसक्यो । सहनुको पनि हद हुन्छ । वर्षाैदेखि सिमा अतिक्रमण भएकोछ । सरकार बनाउने र बिगार्ने काम उतैबाट हुन्छ । कहिले अंगिकृतबाट मूल बासीमाथि दमन, अत्यचार गर्नलगाइन्छ । कहिले अरौटे खटाई उसको स्वार्थमा बोल्न लाइन्छ । एकातिर वार्ताद्वारा मिलाउछौं भन्ने, अर्काेतिर हाम्रो भूमिमा सडक उद्घाटन गर्ने ? कस्तो जबर्जस्ती हो यो ?
धनि तथा ठूला देशले यहाँको प्रगतिलाई भन्दा उनीहरुको चाहनालाई केन्द्रमा राखेर लगानी गर्छन् । यसको पछिल्लो उदाहरण Millenium Challenge Corporation (एमसीसी) अनुदानमा अमेरिकी चासो हो । त्यसैगरि कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक उद्घाटन गर्दा चिनले चुँ सम्म नगर्नुलाई पनि ठूला देश भनिनेको चरित्र उदाङ्गो हुन्छ । मित्रराष्ट्र भारतको हेपाहा शैली कालापानी क्षेत्रमा मात्र सीमित छैन । सके यहाँको आन्तरिक व्यवस्थापनमा हात हाल्ने नसके तराईमा स्वामित्व स्थापित गर्ने उसको रणनीति नै हो ।
विगत लामो समयदेखि यही नीति अन्तर्गत काम भएको छ । यस तथ्यलाई स्वयं भारतीय बुद्धिजीविले उद्घाटित गरेकाछन् । सरदार पटेलले नेपाल निल्ने योजना बनाएको त्यतिबेलै हो । उसको हुती र सामाथ्र्य नपुग्दा मात्र हात हाल्न नसकेको हो । अहिले सरदार पटेललाई आदर्शपुरुष मान्ने भारतीय जनता पार्टी सत्तामा छ । यसबाट पनि प्रष्ट हुन्छ भारतको नेपालप्रतिको दृष्टिकोण कस्तो छ भन्ने । यहाँभने त्यही पुरानो कुटनीतिको त्यान्द्रो समात्ने काम मात्र हुन्छ ।अवधि सकिएको कुटनीतिले भारत टेर्दैन । यसका लागि दृढ कूटनीति र प्रहारयुक्त राजनीति नै उत्तम उपाय हुन्छ । जसमा निष्ठाको जगबाट उठेको नेतृत्व हुनुपर्छ । त्यस्तो चमत्कारीक नेतृत्व देशले पाउन नसक्दा । अहिले त उसैले (भारत) बाह्रबुदे मार्फत दाईजोमा दिएको राजनीतिक प्रणाली प्रयोगमा ल्याइएको छ । यहि प्रणालीको निरन्तरतामा देश भक्त, सच्चा, योग्य पात्र पाउने सम्भावना शुन्य नै छ भन्दा फरक नपर्ला । नक्सा प्रकासित हुँदा थोरै भएपनि नागरिकमा आशा पलाएको हो । सरकारले देखाएको साहसको सह्राना पनि भएकोछ ।
यो अवस्थामा राष्ट्र एक हुनुपर्छ तर मुलुकको अखण्डता र स्वाधिनतामा समेत कित्ता काटको अभिनय मंचन गरियो । गर्छु भन्नेलाई साथ समर्थन दिंदा मात्र गर्नेले पनि सार्थक परिणाम दिनसक्छ । यहाँ त्यसो हुँदैन । समयले छाडेपछि गर्छु भन्दा पनि पाइदैन । अब चेतनाको बिर्काे खुल्दैछ । छुट्टै बहिखाता राख्ने कार्यको प्रारम्भ भएकोछ । को बिक्री भए को विक्रीमा राखिएकाछन् त्यसको लेखाजोखा स्वयं नागरिकले गर्नेछन् ।
एमसीसीले हित गर्छ वा अहित गर्छ ? यस विषयमा प्रशस्त बहस भएकोछ । गरीब राष्ट्रलाई डलरको लालीपप देखाई आफ्नो स्वार्थ सिद्दगर्न सम्पन राष्ट्रको अभिष्ट नीति हुन्छ । सहयोग गर्नेले पनि गड्यौला देखाएर माछा फसाउँने दाउ पर्खिएको हुनेछ यस्ता कार्य नरोकिन्जेल मुलुक प्रगति हैन उधोगती तिर धकेलिन्छ यस्तो नीति रोक्नुपर्छ । धनि राष्ट्रले विनास्वार्थ लगानी गरेको विश्व राजनीतिमा आज सम्म कुनै प्रमाण छैन । त्यसैले यस्ता राष्ट्र घाती प्रयोजनालाई नस्विकारनु नै देशको भलो हुनेछ। वुुद्धको भूमि, सगरमाथाको देश, भनेर कसैले लगानी गर्नै सक्दैन यदि सितैमा अनुदान स्वरुप उपलब्ध भएको हो भन्छ भने त्यो भन्दा गदार कोहि हुनसक्दैन। जसले लगानी गरे पनि खर्चको अनुपातमा नाफा हेरेर लगानी हुन्छ । त्यसलाई उनिहरुले अनुदान वा सहयोगको नाम दिन्छन् । यहि कारणले एमसीसीलाई सहयोग मात्र सोच्ने मुर्खता कसैबाट नहोस् । व्यक्ति र दलपिच्छे फरक फरक बिश्लेसन वा परिभाषा नगरियोस् । देशलाई केन्द्रमा राखेर सम्झौताका हरेक दफाको विवेचना गर्ने हो भने एमसीसी बुझ्न फरक चस्माले हेर्नै पर्ने कुनै आधार छैन ।
शक्तिशालि देशले कमजोर राष्ट्रलाई कसरी गिजोल्छन् भन्ने दृष्टान्त केही सान र कम्जोर देशहरु जस्तै अफ्रिकि देश सोमालियालाई हेरे पुग्छ । यिनीहरुकै षड्यन्त्रका कारण अफ्रिकाका प्रायः देशमा कुनै न कुनै प्रकारको द्वन्द थियो । तथापि केही देशले आफ्नै बलबुताले द्वन्द समाधान गरे । श्रोत साधान भएर पनि नेतृत्व असक्षम हुँदा राष्ट्रले बर्बादी व्यहोर्नु परेको इतिहास ताजै छ । सन् १९६९ सम्म सोमालिया एक लोकतान्त्रिक देश थियो । त्यही वर्ष सियाद बर्रेले त्यहाँ सत्ता कब्जागरे । बर्रेलाई तत्कालिन सोभियत संघको पूर्ण समर्थन थियो । त्यही आडमा उसले सत्ता हत्याएको हो । समस्या त्यतिबेला बल्झियो, जतिबेला इथियोपियामा रहेको केही भूमी बर्रेले दावी गर्यो । त्यो घटनामा सोभियतसंघ सोमालियाको विपक्षमा उभियो । उसले इथियोपियालाई साथ दियो । त्यहाँ अमेरिकाले नियालिरहेको थियो । उसले ठूलो धनरासी खर्चगर्छु भन्दै सोमालियामा प्रवेश गर्यो । अमेरिकी सहयोगमा विरोधीलाई छानीछानी मार्नेकाम सियाद बर्रेले गर्यो । अमेरिका प्रवेशको परिणाम देशैभरि विद्रोहको आगो दन्कियो । त्यो गृहयुद्ध थेगी नसक्ने स्थितिमा पुग्यो । जसको बदला निरंकुश शासक सियाद बर्रेले भाग्नुपर्यो । त्यहाँ यतिसम्म विकराल स्थिति आयो कि मान्छेले मान्छेलाई चिन्ह गाह्रो पथ्र्याे । एकातिर गृहयुद्धले देश जर्जर छ, अर्काेतर्फ भोकमरी र रोगब्यादीले मानिस आक्रान्त छन् । यस्तो विषम परिस्थिति दिनानुदिन भयावह भयो । त्यस्तोमा के राष्ट्र कता जनता ? को आफ्नो को पराई ? थाहा पाउने अवस्था थिएन । थियो भने एकमुठी सास अडिने साधनको खोजी र खाँचो जरुरी थियो । धनी र ठूला राष्ट्रको सहयोगको परिणाम कतिसम्म घातक हुन्छ भन्ने दृष्टान्त सोमालियाको घट्नाबाट सिक्न सकिन्छ ।
सक्षम नेतृत्व हुँदा देश बलियो हुन्छ । हरेक क्षेत्र अर्थतन्त्र बलियो हुन्छ तर जब असक्षम नेतृत्वले देशको नेतृत्व गर्छ भने त्यसको परिणाम मुलुकले ठूलो क्षेती ब्यहोर्नु पर्ने निस्चित छ ।
असक्षम नेतृत्वले मुलुकको भविष्य नै अनिस्चित गर्छ । आज हाम्रो मुलुकमा पनि त्यही भनाई सार्थक भयो । प्रजातन्त्र पुनस्र्थापना भएको आज ३० वर्ष नाघेकोछ । यत्तिका वर्षसम्म मुलुक जीउँका तिउँ रहनु नेतृत्वको असक्षमताले नै हो भन्ने कुरा दुई मन छदैछैन। राज्यसंयन्त्र कमजोर हुँदा जहाँ पनि विदेशीले प्रहार सहन बाध्य हुन पर्छ। यो हुनुमा कुनै अनौठो होइन । त्यसलाई परास्त गर्नु नेतृत्वको सफलता मानिछ । अन्यथा नागरिकले खराव परीणति व्यहोर्नुपर्छ । असल मित्र त्यहि हुन्छ, जसले दुःखपर्दा साथ सहयोग गर्छ । अरु बेला फुरुङपार्ने परेको बेला छुराघोप्ने कार्य सत्रुले मात्र गर्छ । नेपालीले छिमेकीसँग सधैं मित्रवत व्यवहारको अपेक्षा राखेकाछन् । भारत कतिसम्म असल मित्र हो भन्ने उसको व्यवहारमा भरपर्छ । पशुपतिनाथ र मुक्तिनाथमा पूजा गरी फुलपाती चढाउँदैमा मित्र हुँदैन । हिजो भूकम्पले थला परेको बेला झण्डै छ महिनासम्म नाकाबन्दी गराएर भारतले हामीमाथी बिर्सन नसक्ने गुन लाएकोछ । त्यही गुनले हाम्रो आचरण र बानी व्यवहार सुध्रिनुपर्ने हो ।
अहिलेसम्म छिमेकीको मति पनि सुध्रिएन, नेपालीको गति पनि फेरिएन । जबसम्म नेपालीको गति फेरिंदैन तबसम्म विकासको गतिले सार्थकता पाउने कुनै छाट छैन । निर्वाचनमा यिनै पात्रको पुनरावृति हुनेछ ।
भारत, चीन हुन् वा पश्चिमा देश हुन् कसैले पनि सहयोग गर्छन् भने त्यसमा उनीहरुको स्वार्थ लुकेको हुन्छ । अनुदान भन्दैमा हौसिनु उचित हुँदैन । यो बिषयमा हाम्रो देशमा नेतृत्व गर्ने ब्यत्तिले स्पस्ट बुझेर आफ्नो निर्णय आफ्नो देशको जनताको पक्षमा हुनु जरुरी छ। सानो भएपनि ठूला शक्तिसम्पन्न भनिने राष्ट्रभन्दा नेपाल पुरानो देश हो । विश्वमा हाम्रो देशको छुट्टै र भिन्नै महत्व छ । हजारौं वर्षदेखिको सभ्यता संस्कृति र विशिष्ट प्रकारको परम्परा बोकेको मुलुक हो नेपाल । नेपाली नागरिक हुनपाउँदा गर्वको अनुभूति हुनुपर्छ
आफ्नो देशको माटोमा टेकेर छाती फुलाएर भन्न पाउनु पर्छ मेरो देश नेपाल । त्यही नै राष्ट्रभक्ति हो । आज त्यसैमा आक्रमण भएको छ । जात धर्ममा कित्ता काटिएको छ । क्षेत्र र समूदायमा भागवण्डा गरिएको छ । यस्तो हुनुमा हाम्रै कमजोरी हो । विदेशीले त आफ्नो पौजले भ्याए सम्म मज्जाले अर्काको छातिमा लात मारिरहन्छ । जती लात मार्न सक्यो त्यति उसलाई सफलता हातलाग्छ । सजग हुनुपर्ने त हामीले हो । आफ्नो पोको बलियो नबाँध्ने अरुलाई मात्र दोषलाउने प्रवृति राम्रो मानिदैन ।
एक दुईजना राष्ट्रघाती भए भन्दैमा सबै खराब हुन्छन् भन्ने कुनै आधार छैन । यसका ज्वलन्त उदाहरण भिमसेन थापामाथि पनि षड्यन्त्र भएकै हो । अन्ततः उनले सेरिएर मर्नुपर्याे । गान्धीलाई गोली ठोकिएकै हो । मुलुकको अस्तित्व बचाउन लाग्दा व्यवधान अवश्य आउँछ । व्यवधानदेखि आत्तिनुभन्दा त्यसलाई सामनागर्नु उत्तमकर्म मानिएको छ । मुलुक संचालन गर्न सजिलो हुँदैन । ठूलो त्याग र समर्पण चाहिन्छ । साहस धैर्यता र विवेक प्रयोग गर्न सक्ने पात्रले मुलुकलाई सही मार्गदर्शन गर्छ । केही अपवाद छोडेर आजसम्म विवेकहिन पात्रले मुलुकको नेतृत्व गरे । यस्तो अबस्था सम्म पुराउदा सम्म जनताले नेतृत्वलाई मुक दर्शक बनेर हेरि रहे यसको आसय के बुझ्नु पर्छ भने मुलुकमा पटक पटक दुईतिहाईको सरकार बन्न सकेको थिएन यसैको पर्खाईमा थियो । जव दुईतिहाईको सरकार बनेको थियो त्यो समयमा आम जनताले देशमा समृद्ध , सुशासन आउँछ भन्ने ठूलो अपेक्षा राखेको थियो । तर आज दुईतिहाईको सरकारको कार्य शैली तथा नितिले त्यो बिस्वास बालुवामा बनाएको घर झै साबित हुन पुग्यो ।
वास्तवमा सहयोग र समर्थन सबैको चाहिन्छ तर त्यसमा नियत सफा हुनुपर्छ । सफा नियतबाट प्राप्त हुने सहयोग प्रत्युत्पादक बन्दैन । सुनको पलंग देखाएर थाङनामा सुताउने कार्यलाई उचित मान्न मुर्खता हो । संविधानमा लोकतन्त्र गणतन्त्र लेखेर मात्र पुग्दैन । लोकतान्त्रिक गणतन्त्र भित्रको जनताले आभास गर्न सक्ने आचरन , चरित्र देखिनुपर्छ । अहिले प्रजातन्त्रको दुरुपयोग मात्र होइन अपव्याख्या समेत भएको छ । प्रणालीले देश चिन्नसक्दा सक्षम नेतृत्वको जन्म हुन्छ । यहि माटोमा दिक्षित नेतृत्व पाउँनसक्दा राष्ट्र बलियो बन्छ । देश सानो होस् वा ठूलो, आफ्नै निरभरमा बाँच्नसक्ने चेतना नागरिकमा जाग्नुपर्छ । तब मात्र लम्पसारवादको समूल नष्ट भई गुमेको साख पुनः प्राप्त हुनेछ । अनि मात्र जनताले लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूत गर्ने छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]