दिवस रिजाल
८ असार २०७७– खोटाङ । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलव्धिमुलक बनाउन जिल्लाका क्रियाशिल पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाइरस कोभिड १९ को समस्या र आप्रबासी कामदारहरुको सुरक्षा चुनौतीको बिषयमा बालसेवा समाज नेपाल नेर्पाद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सोमबार पत्रकारहरु संग अन्तरक्रिया गरेको हो ।
परियोजनाले लकडाउनको अबधिमा पनि टेली काउन्सेलिङ्ग मार्फत वैदेशिक रोजगारीलाई सुरक्षित र उपलव्धिमुलक बनाउनको लागि सूचना तथा परामर्श दिने, निशुल्क सिपमुलक तालिम, कानुनी परामर्स सेवा, बैदेशिक रोजगारमा गएकाको परिवार तथा आप्रबासी कामदारहरुलाई मनोसामाजिक परामर्स सेवा र वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको सामी परियोजनाका कार्यक्रम संयोजक ओजनबावु आचार्यले बताएकाछन् ।
कोरोना भाईरसका कारण हालसम्म विदेशमा १० हजार ९ सय ३७ जना नेपाली संक्रमित छन भने ३ सय ९८ जनाको मृत्यु भईसकेको छ । मृत्यु भएकाहरुमध्ये ४० जनाको शव नेपाल ल्याई सकिएको नेपाल सरकारको तथ्याङ्कमा उल्लेख छ ।
परियोजना संयोजक आचार्यका अनुसार वैदशिक रोजगारीमा गएकाहरुमध्ये ५६ हजार ९३ जना नेपालीले नेपाल फर्कन इच्छा व्यक्त गर्दै दुतावासमा निवेदन पेश गरिसकेका छन् । २४ हजार १ सय ४८ जना नेपालीहरुले अत्यन्तै पीडित भएको भनि निवेदन पेश गरेको जनाएकाछन् ।
स्वीस सरकारको आर्थीक सहयोगमा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल र स्थानिय साझेदार संस्थाहरु संगको सहजिकरणमा २०११ डिसेम्वर ११ देखि पाइलोटिङ्गको रुपमा खोटाङ्ग र सर्लाही जिल्लामा सञ्चालनमा आएको सामी परियोजना हाल काठमाडांै सहित ४० जिल्ला र १ सय ५६ स्थानिय तहमा सञ्चालन भईरहेको अन्तरक्रियामा जानकारी भएको छ ।
हाल जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा यो परियोजना सञ्चालनमा रहेको वालसेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेलको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]