दिवस रिजाल,
९असार२०७७– खोटाङ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्माको बच्चा पेटभित्रै मरेपछि सिकिस्त बिरामी बनेकी गर्भवतीको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
१९ वर्षीया विश्वकर्माको बच्चा पेटभित्रै मरेपछि गर्भवतीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको हो । मन्दिराको अत्याधिक रक्तश्राव भइरहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. नारायण बरालले बताए । बरालका अनुसार गएराति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ ।
गर्भवती मन्दिराको रक्तश्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसुतिगृह रिफर गरिएको डा.बरालले जानकारी दिए ।
दोस्रो पटक गर्भवती हुनुभएकी मन्दिरालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत ग्राण्डी हस्पिटलको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी मन्दिराको तीन वर्षीय छोरा छन् ।
मन्दिराको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । सांसद भट्टराईका अनुसार काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको वताएका छन् ।
केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्दारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्टरमार्फत उद्दार गरिसकिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]