१० असार २०७७–काठमाण्डौं । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका छिर्नेहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले विज्ञप्ती जारी गरेको छ ।
उपत्यकाका घरधनीहरुले पीसीआर टेष्टबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने समस्या आउन थालेपछी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्ने बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको जनाएको छ ।
पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएअनुसार गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयको पत्रानुसार कारबाही गर्न निर्देशन दिएको खबर प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]