• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रजातान्त्रिक योद्धा राईको स्मृतिमा पुर्बकै बृहत सांस्कृतिक संग्राहलय बन्ने ।

१२ असार २०७७, शुक्रबार ०७:३४ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • १२९६ पटक पढिएको
  • १२ असार २०७७–खोटाङ । जिल्लाका चर्चित प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राई स्मृति प्रतिष्ठानले नेपालको प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एबं पूर्वी नेपालकै वृहत साँस्कृतिक संग्रहालय निर्माण गर्ने उद्वेश्यको साथ काम अघि बढाएको जनाएको छ ।

    देश र प्रजातन्त्रका लागि जहानिया राणा शासन एबं निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका साबिक सेरा खाल्ले हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा विक्रम संवत १९७२ साल भदौ ५ गते जन्मिएका सर्वधन राईले २००७ सालको प्रजातान्त्रिक आन्दोलनकाक्रममा जहानिया राणा शासन अन्त्यका लागि जनमूक्ति सेनाको कमाण्डर भई पूर्वको किल्ला जित्दै दनेलखाको चरिकोटसम्म कव्जा गरी राणा शासन अन्त्य गर्नमा महत्वपूर्ण योगदान दिएको इतिहाँस भेटिन्छ ।

    त्यसैगरी २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरंकुस पञ्चायती व्यवस्था लादेपछि राजाको सो कदम विरुद्ध राईकै नेतृत्वमा २०१८ साल कात्तिकमा पहिलोपल्ट सशस्त्र विद्रोह गरी दिक्तेल कव्जा गर्दै ऐसेलुखर्क कव्जा गर्ने प्रयास गरेका थिए ।

    दरबारियाहरुको बिरोधमा सेरा खाल्लेमै ५५ झ्याले सांकेतिक दरबार बनाएका थिए, सो दरबारको तत्कालीन शासकले केही झ्याल भत्काउन लगाएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । जिल्लाको अपाएक ठाँउमा सदरमुकाम रहेको भन्दै खोटाङबजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा दिक्तेलमा सारिएको खोटाङ्गको इतिहाँसमा भेट्न सकिन्छ ।
    सशस्त्र विद्रोह असफल भएपछि र तत्कालीन शासकले टाउकोको मूल्य तोकेपछि राईले भारतमा ८ वर्ष निर्वासन जीवन विताउनु परेको थियो ।

    उनै खोटाङ्गका एउटा इतिहाँस प्रजातान्त्रिक योद्वा, जनमुक्ति सेनाका कमाण्डर राईको स्मृतिमा गत असार ८ गते जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा प्रतिष्ठान दर्ता गरिएको स्मृति प्रतिष्ठानकी अध्यक्ष,निज योद्वाकी नातिनि एबं प्रदेशसभा सांसद उषाकला रार्ईले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छन् ।

    प्रतिष्ठानको उपाध्यक्षमा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् । सदस्यमा पूर्व कानून मन्त्री तथा प्रतिनिधि सभा सदस्य एबं सर्बधन राईका नातिनी ज्वाई शेरबहादुर तामाङ, संविधान सभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, पूर्व जिल्ला विकास समितिका सभापति विष्णुकुमार राई, कुलदिप राई, शोभा राई, रिमा श्रेष्ठ लगायत रहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिष्ठानको उद्वेश्य प्राप्तीको लागि स्व.सर्बधन राईका छोरा तथा प्रतिष्ठानका उपाध्यक्ष केशव राईले आफ्नो आमाको नाममा रहेको ११ रोपनी ७ आना ३ दाम ३ पैसा जग्गा अधिकृत वारेसनामा गरी प्रतिष्ठानलाई दान गरेका जनाएकाछन् ।

    सर्बधन राई स्मृति द्वारा निर्माण हुने बृहत साँस्कृतिक संग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट आ.व. २०७७/०७८ बाट ३० लाख बजेट समेत विनियोजन भइसकेको स्मृति प्रतिष्ठानकी अध्यक्ष एबं प्रदेशसभा सांसद राईले जनाएकीछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑