१४ असार २०७७–काठमाडौै । नेपालमा गत शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको भन्ने स्थानियको सूचनाको आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको जनाएको छ ।
भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ । कृषि तथा बोट बिरुवाका लागि निकै घातक मानिएको सलह कीरा तराईका केही जिल्लामा भेटिएको भन्ने स्थानियको जानकारीको आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बारा पर्सालगायत जिल्लाबाट सलहजस्तै कीरा देखापरेको भन्ने कृषकबाट रिपोर्ट आएपछि अहिले मन्त्रालयबाट चार जना प्राविधिकको टोली त्यस क्षेत्रमा पठाएको र उहाँहरूको प्रतिवेदन आएपछि आधिकारिक रुपमा सार्वजनिक गरिने बताएकाछन् ।
यता प्रदेश ५ सरकारले भने सलह किरा न्युनिकरणको लागि किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक किलो सलह किराको २० रुपैयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।
सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]