१४ असार २०७७–काठमाण्डौ । “अल्छी,घमण्ड,अराजकता, र बेइमानी आदिको कारणले नेपाली युवाहरु बेरोजगार भएका हुन्” यो भनाई हो काठमाण्डौको पेप्सिकोलामा मोटरसाईकल वर्कशप सञ्चालन गरेर बसेका २३ बर्षिय रमेश श्रेष्ठको ।
सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका ६ चैनपुर घर भएका रमेश श्रेष्ठका अनुसार आफु घरको एक्लो छोरो पारिवारिक स्थीती पनि दुई छाक खानलाई राम्रैगरी पुग्थ्यो, कक्षा १० पनि राम्रै अंक ल्याएर एस.इ.ई. अतिर्ण गरियो र कलेज पढ्न काठमाण्डौ आएको भनाई रहेको छ । जब काठमाण्डौ आएपछी कलेज भर्ना मात्र गरियो बाँकी पुस्तक किनेर हेरेको कलेज जानुपर्ने जस्तो लागेन, घरमै अध्ययन गरें १२ कक्षा सम्म रेगुलर अतिर्ण गरियो त्यो पनि राम्रै अंक ल्याएर अनुभब सुनाउछन् रमेश श्रेष्ठ ।
कलेज नगएपछी केही त गर्नु पर्यो,काठमाण्डौंको ठाँउ पैसा धेरै खर्च हुने त्यो पनि डुल्ने,घुम्ने,रमाइलो गर्ने उमेर,सधैभरी घरमा कति दुःख दिने ? जागिर खाँउ भने सोर्सफोर्स नै चाहिने त्यो पनि अर्काको अण्डरमा काम गर्न मनै लागेन । बिदेश जानु पर्यो भनेर घरमा सुनाएको बाबा,ममी एक्लो छोरो नजानु भन्दै रुनुभो,सोचें केही त गर्नुपर्यो त्यसैले गाँउकै अंकलको जडिबुट्टीमा पुष्पाञ्जली मोटरसाइकल वर्कशप थियो त्यही गएर अंकल संगै काम गरे र डेढ बर्षमा पुरै काम सिँके , मलाई काम सिक्न खासै गाह्रो पनि भएन किनकी गाँउमै हुँदा हाउस वाईरिङ्ग देखी जे कुरामा पनि हात हाल्थे वा सिक्न खोज्थे र सिकेको पनि थिए सिकर्मी,डकर्मी,देखी प्राबिधिक ज्ञान सम्म रमेश थप्छन् ।
अहिले पेप्सिकोलाको टाउनप्लानिङ्गमा आफैले मोटरसाइकल वर्कशप खोलेको छु एकजना भाइलाई पनि रोजगारी दिएको छु । साथै सिक्न आउने ४ जनालाई निशुल्क सिकाएर पठाएको छु , एकजनाले त वर्कशप खोलिनै सक्यो खुसी ब्यक्त गर्दै उनी सुनाउछन् । अरुले सिक्नेलाई शुल्क लिन्छन अनी वासिङ्गमै लामो समय बिताइदिन्छन् तर म इन्जिनमै समय दिन्छु जानेनन् भने कहिल्यै रिसाउदिन,उल्टै सिक्न आउने रिसाउछन् र फ्रेस बनाउन लाई प्लेन उडेको हेर्न लान्छु हास्दै थप्छन् ।
मेरो अंकलकोमा हुदैका पुरानो ग्राहक छन्, उनिहरु निएमित मेरैमा आउछन्,धुलिखेल देखी कलंकी सम्मका र बाहीर जिल्लाबाट पनि मेरैमा आउछन् त्यसको एउटै कारण हो मैले काम गरेको सबैलाई बिश्वास लाग्छ,म घमण्ड गर्दिन,रिसाउदिन कहिल्यै बेइमान गर्दिन र पैसा यतिनै हुनुपर्छ भनेर बागेनिङ्ग गर्दिन सस्तो मुल्यमा गुणस्तरिय सेवा दिन्छु , कतीपय पैसा छैन भन्छन निशुल्क र रातबिच बाटोहरुमा अप्ठ्यारोमा पनि सेवा दिन्छु । बिग्रेको सामान सक्ने सम्म आफै बनाउछु,नयाँ किन्न लाउदिन यो मेरो अंकलले सिकाएको ज्ञान हो ।
नेपाली युवाहरु अल्छी,रिसाहापन,घमण्ड र बेइमानी आदिको कारणले बेरोजगार र बिदेशिनु परेको जस्तो लाग्छ । किनकी स्वदेशमा फोहोरमा खेल्न घिन मान्छन् तर बिदेशमा पराइको ट्वाइलेट सफा गर्नमा गर्ब गर्नेको संख्या उल्लेख्य मात्रामा देख्छु । श्रम र सिप हुनेले स्वदेशमै सुन फलाउन सकिन्छ मैले फोहोरमै खेलेर र सबैको बिश्वास जितेर महिनाको औषतमा ८० हजार भन्दा माथी नै कमाएको छु । मलाई गर्ब छ नेपालमै बस्न पाएको छु,नेपालीको सेवा गर्न पाएको छु ,परिवार संग सुख,दुःख साटेको छु यही नै मेरो सम्पती पनि ठानेको छु ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]