१७ असार २०७७–खोटाङ्ग । बर्षौदेखी मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको जानकारी प्राप्त भएको छ ।
डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका निमित्त प्रमुख रबिनकुमार फुयलको भनाई रहेको छ । मेनुअल एक्सरे मेशिनबाट काम गरिरहँदा सेवाग्राहीले एक्सरे रिपोर्टका लागि आधा घण्टादेखी एक घण्टासम्म पर्खनुपर्ने बाध्यताको अन्त्य भएकोले आम सेवाग्राहीले छिटोछरितो डिजिटल सेवा पाउने अस्पतालले जनाएको छ ।
सेवाग्राहीको हितलाई ध्यानमा राखेर अस्पतालमा १६ लाखमा कम्प्युटराईज रेडियोग्राफी सञ्चालनमा ल्याइएको हो । जिल्ला अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतका अनुसार डिजिटल एक्सरेबाटे बढीमा पाँच मिनेटमा रिपोर्ट प्राप्त हुनुका साथै एक्सरेलाई कम्प्युटरमा आवश्यकता अनुसार जुम गरेर हेर्न सकिने बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]