१९असार२०७७–खोटाङ्ग । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरिबलाई छानो कार्यक्रम अन्र्तगत नगरलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको जनाएको छ ।
नगरभित्र करीब ९०० घर गरीब घर परिवार रहेको तथ्याङ्क रहेको छ , नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छाना मुक्त बनाउने अभियान अन्तरगत बिहिबार ४५ घर गरीब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ता बापतको रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
४५ घर परिवारलाई पहिलो किस्ता बापतको २५ हजारका दरले रकम उपलब्ध गराईएको र बाँकी २५ हजार छानो लगाईसकेपछी उपलब्ध गराइने गरी संघिय सांसद बिशाल भट्टराईले चेक हस्तान्तरण गरेको जानकारी आएको छ । आ.व. २०७७/०७८ मा ३३८ घर परिवार उक्त कार्यक्रमबाट लाभान्वित हुने नगर उपप्रमुख बिणादेबी राईको भनाई रहेको छ ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख दिपनारायण रिजालले भने हामी निबार्चित भएसंगै नगरलाई घरको छानो मुक्त बनाउने घोषणा गरेका थियौ आजबाट सो घोषणाले औपचारिकता पाएको छ । यसमा संघिय सरकार र प्रदेश सरकारको निरन्तर साथ रहदै जाने भएकोले हाम्रो प्रतिबद्वता पुरा हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]