• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

यसकारण हट्दैनन् प्रधानमन्त्री ओली

१९ असार २०७७, शुक्रबार ०७:२८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ६२७ पटक पढिएको
  • १९ असार २०७७–काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् ।

    पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी खेमाका नेताहरूलाई सरकाकारबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने सन्देश दिएका छन् । सोही सन्देशस्वरूप उनले बिहीबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक राखी जारी संसद् अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे । लगत्तै राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य भएको घोषणा भयो ।

    प्रम ओलीले आफ्नै पार्टीको स्थायी कमिटी बैठकमा आरोप खेपे पनि सरकार र अध्यक्ष दुवै पद त्याग्न नपर्ने आधारहरूको खोजी गरेका छन् । उनले दबाबको सामना गर्न शीर्ष तहमा नै छलफल अघि बढाएका छन् । स्थायी कमिटी बैठकमा आफूविरुद्ध उभिएका नेताहरूलाई समेत छलफलमा सहभागी गराई उनले सहमति र सहकार्यको बाटो रोजेका छन् ।

    दुवै जना पार्टी अध्यक्षको सहमति र हस्ताक्षरविना पार्टीका कुनै पनि निर्णय आधिकारिक नहुने पार्टी एकताको क्रममा भएको समझदारीले उनलाई दुवै पदमा टिक्न सहयोग पुग्ने देखिन्छ ।
    यस्तै, राष्ट्रियताका पक्षमा ओलीले देखाएको अडानले पनि उनको पक्षमा छुट्टै माहोल बनेको छ । प्रधानमन्त्री ओली वर्षौंदेखि भारतीय पक्षबाट अतिक्रमण हुँदै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गरी संविधानमा राख्न सफल भएका थिए ।

    पार्टी एकतापछि पार्टीलाई बलियो र प्रभावकारी बनाउने संकल्प गरेका ओली–दाहालबीच असमझदारी बढ्दा पार्टीका संरचना अन्योलमा छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भएको विभिन्न कसरत अन्ततः ओली–दाहालमा नै गएर सहमति भई रोकिने देखिएको छ । ओली र दाहालको सहमतिविना पार्टीको कुनै पनि निर्णय हुन नसक्ने प्रावधानले दुवैलाई एक ठाउँमा बाँधेको छ ।

    संसदीय दलबाट प्रधानमन्त्री ओलीलाई हटाउने प्रयास गरिए पनि सो प्रयास पनि असफल हुने देखिन्छ । ओली नै दलका नेता छन् भने उनका विश्वासपात्र सुवासचन्द्र नेम्वाङ उपनेता छन् । संसदीय दलबाट ओलीविरुद्ध अविश्वासको प्रस्ताव राख्ने बाटो नै बन्द भएकाले पनि उनी मजबुत अवस्थामा रहेको पाइएको छ ।

    यसैगरी, प्रम ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न पार्टी विभाजन आवश्यक पर्छ । पार्टी विभाजनको विषयमा ओली र दाहाल दुवै पक्षका नेता सहमत हुने छैनन् । पार्टी विभाजन नभएसम्म ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सम्भव देखिँदैन ।

    पार्टीभित्र विभाजनको रेखा जसले कोर्छ, ऊ आफैं पतन हुने भएकाले पनि पार्टी विभाजन गरी प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तहसम्म कोही पनि पुग्न नसक्ने नेताहरूले बताएका छन् ।
    पार्टी महाधिवेशनसम्म दुवै अध्यक्षको सहमति र समझदारीमा सबै निर्णय हुने प्रावधानका कारण पार्टीलाई अझ बलियो बनाउने विषयमा दुवै अध्यक्ष मिल्नुको विकल्पसमेत देखिँदैन ।

    दुई अध्यक्ष र मुख्य नेताहरूबीचको समझदारीमा पार्टी र सरकार सञ्चालन गर्ने मध्यमार्गी विकल्पमा दाहाल–नेपाल समूहबीच सहमति नदेखिए पनि बिहीबार राष्ट्रपतिसँगको भेटपछि दाहालले पार्टीका विभिन्न घटनाक्रमले शुभसंकेत नदेखिए पनि एकताको विकल्प नभएको बताएका छन् ।

    उनले सबै सचेत भई पार्टी एकताको पक्षमा उभिनुपर्ने अवस्था आएको स्पष्ट पारेकाले पनि सहमतिबाहेक अन्य विकल्प नरहेको देखिएको छ । राजधानी दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy secure and safe role play sex chat with like-minded people

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑