२४ असार २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने जनाएकोे छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि पठनपाठनलाई सुचारु गर्न टोलटोलमा शिक्षक परिचालन गरिने पालिका प्रमुख भुपेन्द्र राइको भनाई रहेको छ ।
लामो समयको बन्दाबन्दीले बिद्यार्थीको पढाई नै अबरुद्व भएपछी राज्यले बैकल्पिक शिक्षाको लागि इन्टरनेट र प्रबिधीको प्रयोगको पहँुच भएका ठाँउमा जुम बिधिबाट कक्षा सञ्चालन गरिरहेको छ भने प्रबिधीको पहुँचबाट टाढा रहेको गाँउघरमा यो बिधि उपयुक्त भएकाले टोलटोलमा शिक्षण सिकाई गरिने पालिका अध्यक्ष राईको भनाई रहेको छ ।
साउन ७ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय गरिएसँगै बन्दाबन्दीको कारण आ–आफ्नो घरमा रोकिएर रहेका शिक्षकलाई साउन ३ गतेभित्र अनिवार्यरुपमा गाउँपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको र बाहिरी जिल्लाबाट आउने शिक्षकलाई गाउँपालिकामा झिकाएर अनिवार्यरुपमा आरडिटि परीक्षण गरिने छ । रिपोर्ट नेगेटिभ आएका शिक्षकलाई मात्र टोलटोलमा परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।
गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिने जनाइएको छ ।
टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरुपमा मास्क, ग्लोब्स र सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २५० जना शिक्षक परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।
१० स्थानिय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने हालसम्म पठनपाठन सञ्चालन हुन सकेको छैन । जिल्लामा ४९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]