२४ असार २०७७–खोटाङ्ग । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिकाको वडा नं. ५ लाफ्यांग तित्रीबोटे गाउँमा ट्याङ्ग जुस खाँदा ३० जना बिरामी भएको जानकारी प्राप्त भएको छ ।
स्थानियको बच्चाको पास्नी खान गएका करिव ६० जनाले उक्त जुस खाएकोमा त्यी मध्ये ३० जना व्यक्तिहरुलाई तारन्तार बान्ता हुने, झाडापखाला हुने, पेट दुख्ने, वाकवाकी लाग्ने तथा आलस्यपन हुने जस्ता लक्षणहरु देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनायराण रिजालको सचिबालयले जानकारी गराएको छ ।
उक्त जानकारी पाउना साथ नगरपालिकाको स्वास्थ्य शाखा, अन्तर्गतका स्वास्थ्यकर्मीहरु परिचालन गरि सिकिस्त ३ जना लाई सम्बन्धित स्थानमा नै उपचार गरिएको र अन्य लाई तत्काल जिल्ला अस्पताल खोटांङ ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।
घटनास्थल बाट स्थानीय बासिलाई उदार तथा थप उपचार कार्यमा सहयोग गर्ने र उक्त खाद्य पदार्थ कहाँबाट ल्याईएको हो र सोको अबस्था केहो भन्ने बारे थप अनुसन्धानको कार्य तत्काल अगाडी बढाइने नगरप्रमुख दिपनारायण रिजालले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]