कमल प्रसाद तिमल्सिना
ललितपुर
मालाई ति दिन हरु को याद झलझली आउछ जति बेला केटाकेटी नै थिए, त्यो बालापन आमा ले भात पकाउनु हुन्थ्यो, मालाई खिर खान मन लाग्दथ्यो अनि आमा ले तेही भात मा दुध राखेर अलिकति चिनी राखेर खिर बनाइदिनु हुन्थ्यो आहा कति मिठो खिर अनि सम्झना, बुबा गाउँ भरि को खुवा संकलन गरेर कुस्त भारी बोकी चापागाउँ आउने अनि चापागाउँ बाट पसल को भारी बोकी फर्कने दैनिकी अनि बुबा को कोसेली यम यम चाउचाउ एक कराई झोल बनाएर खादा दशैँ मा खसी को मासु खाएको भान हुने कति रसिलो थियो मेरो बालापन।
भारी बोकेर छोरा छोरी लाई ठुलो मान्छे बनाउने सपना थियो मेरो बुबा को स्कुल को सर हरु सँग सधै गुनासो गरेको सुन्थे कर्ण सर, देब सर अनि नन्द सर सँग अनि कर्ण सर ले तेरो बुबा को सपना तैले पानि मा मिसाउने भइस भनि रहनु हुन्थ्योअहिले रमाइलो लाग्छ।
स्कुलमा मा सोझो अनि कमजोर पनि थिए साथी हरु सँग कुस्ती खेल्न नसक्ने साथि हरु बलिया जुध्नु पर्दा प्राय पिटाइ खानु पर्ने नै हुन्थ्यो तर म जुध्न आउने साथि को नाक मा एक मुक्का मार्न पछी पर्दिन थिए केहि साथि हरुको नाक बाट रगत आएको अझै ताजा स्मरण छ।
बिस्तार गोटीखेल मा मोटर बाटो सुरु भए संगै मेरो बुबाको चापागाउँ भारी बोक्ने काम संकट पर्न गयो बिकास ले मेरो बुबा लगाएत धेरै को रोजगारी गुम्यो तत्काल को लागी बुबा ले भैसी पालन सुरु गर्नु भयो ,अनि बुबा को दिनचर्या साउमारा को बन (दक्षिण ललितपुरको बन को नाम) हुन थाल्यो बिहान उठ्ने पोल्टो भारी भुटेको मकै बोकेर बर्खा भारी खर घाँस र हिउद लागेपछि खर्सु, हुकुस आदि घाँस बुबा को दैनिकी थियो अनि बिच बाटो सम्म घाँस को भारी सगाउने मेरो अनि दिदि को दैनिकी थियो।
स्कुल बाट घर आयो अहिले जस्तो टिफिन बोकेर वा पैसा बोकेर स्कुल जाने सम्भावना थिएन बिहान खाना खाएर स्कुल जाने अनि स्कुल बाट फर्किएपछि आमा ले भुटेको मकै र मही खाने अनि बुबा को भारी सघाउन जाने सिरान घर सम्म सिरान घर का काका गोल्चौरका काका प्राय बुबा को साथी हुनुहुन्थ्यो, अनि हामि सिरान घर सम्म भारी सघाउन जन्थियौ सिरान घरकी काकी अति मनकारी काकि अति माया गर्नु हुन्थ्योआव बस मोरा हो भन्नु हुन्थ्यो खाना खुवाउनु हुन्थ्यो कहिलेकाहीँ त खाना खाएर एक निद्रा सुते पछी बुबा हरु आइपुग्नु हुन्थ्यो अनि उठेर भारी सघाएर घर आएको सम्झना अति मिठो आउछ।
कक्षा ६, ७ तिर हुँदा गाउँका अरु साथि हरु सनिबार घाँस लिन बन जाने गर्थे मालाई पनि असाध्य रहर लाग्दथ्यो तर बनसम्म घाँस जाने घर मा स्वीकृति थिएन बुबाको भारी सघाउन मात्र स्वीकृति थियो तर पछी रहरै रहर मा ८-१० भारी खर मैले पनि बोके त्यति बेला को जुकाको आक्रमण ले गर्दा अहिले नेपाल को कुनै पनि पहाडको जुका देखि डर नलाग्ने भएको छु।
बिस्तारै गाउँ मा मोटर बाटो को बिकास संगै खुवा घोट्ने चलन हट्दै गयो गाउँ मा दुध संकलन सुरु हुन थाल्यो मलाई अलि अलि याद छ दुध बोक्न जिप गएको तर बर्खा लागेपछि भने दुध बोकेर लेले ल्यउने चलन थियो त्यति बेला पनि बुबा ले दुध बोक्नु भयो अनि त्यति बेला बुबाले पिलपिले घडी किनिदिनु भएको भर्खर जस्तो लाग्छ आलु घडी भन्ने चलन थियो।
मोटर बाटो को बिकास संगै भारी बोक्ने मानिस को कमि हुन थाल्यो गाउँघर मा भारी बोक्ने भन्दा भैसी पालेर दुध बेच्ने ले बढी पैसा कमाउन थाले पछी भारी बोक्ने मानिस को कमि हुन थाल्यो , दुध उत्पादन त भयो बर्खा लागे पछी समस्या भारी बोक्ने मानिस नहुदाँ दुध खेर जाने हुन थाल्यो ,बिस्तारै बिस्तारै बाटो सुधार गर्न तर्फ सबै लागेपछि बर्खा पनि गाडी चल्न थाल्यो र लेले दुध बोक्न अध्याय पनि सकियो तर यो दिर्घकालिन भने होइन कहिले थोस्नेखोला मा गाडी रोकियो, कहिले कता, कहिले कहाँ बिहान बुबा बन जाने अनि मेरो डिउटी दुध बेच्न गोटीखेल जाने बर्खा लागेपछि भने कहाँ सम्म पुग्नु पर्ने हो कुनै पत्तो हुदैन थियो मैले कति दिन स्कुल छाड्नु परेको थियो दुध बेच्ने क्रममा।
स्कुले जीवन को सबै भन्दा रमाइलो भनेको बर्खे बिदा हुन्थ्यो नाम चै बिदा स्कुल मा कोचिंग कक्षा संचालन हुन्थ्यो अंग्रेजी, गणित अनि बिज्ञान को तिन घण्टा तर घर बाट बिहान निस्कियो बेलुका सम्म स्कुल जाने निउमा खेल्न पाइने दिन सारै रमाइलो थियो।
आफ्नो बारी भरी काँक्रा हुन्थ्यो तर पनि किन हो किन अर्को को बारीको काँक्रा को बस्न धेरै पर सम्म पुग्ने सायद बालापन ले गर्दा होला काँक्रा चोर्नु हामि बिद्यार्थी को पराक्रम नै थियो चोरेको काँक्रो आफ्नो बारीको भन्दा कंयौ गुणा मिठो हुन्थ्यो तेही भएर होला बालापन को याद सधै मिठो हुन्छ।
कक्षा ७-८ तिर पड्दा हाम्रो शनिबार अति रमाइलो हुन्थ्यो गाउँ भरी साथी मिलेर पत्कर सोर्न बन जाने चलन थियो अनि फर्कदा खर्का स्कुल को चौर मा गाजी अनि हुतुतु हाम्रो खेल हुन्थ्यो त्यो खेल हाम्रो क्षेत्र मा मात्र खेलिने खेल रहेछ जस्तो लाग्छ अरु जिल्ला मा मैले देखिन तर धेरै रमाइलो हुन्थ्यो।
साउन माहिना को लुतो मिल्काउने संक्रान्ति बिशेस रमाइलो हुने गर्थ्यो लुतो मिल्काउने समुह बनाइन्थ्यो, लुतो मिल्काउने छाप्रो को लागि आवस्यक सामग्री कसरी जुटाउने बृहत बहस्र हुन्थे, कसले छली पराल ल्याउने खामा बला कसरी बेव्स्थापन गर्ने, समूह मा कसकसलाई सहभागी गराउने अनि अरुको भन्दा बल्ने छाप्रो कसरी बनाउने यस्ता योजना बनाइन्थ्यो तर साउने झरी ले हाम्रो छाप्रो कहिले पनि राम्रो सँग बल्न पाउदैन थियो।
दशैँ हाम्रो लागि अलि बिशेस नै थियो किन कि हाम्रो स्कुल ड्रेस घर भित्रने विशेष पर्व नै थियो हुन त स्कुल ड्रेस भएता पनि जन्त जाने मामाघर जाने सबै ड्रेस तेही नै थियो पोलिस्टर को आकासे रंगको बुस्कोट अनि निलो पाइन्ट एक बर्ष को लागि ढुक्क।
तिहार अझ बिशेस देउसी खेलेर पैसा कमाउने पर्व मालई याद छ ६ बर्ष को उमेर देखि १६ बर्ष को उमेर सम्म लगातार देउसी खेलेको तर रात भरी देउसी खेल्दा १०० रुपियाँ बनाउन हम्मे हम्मे परेको कुनै बर्ष त यस्तो पनि भयो को रात भरी देउसी खेल्ने अनि बिहान घरमा आएर सुत्ने भाई टिका लगाउन उठ्नै नसकेर दिदि बैनी ले निद्रा मा नै टिका लगाइदिएको सम्म छ ।
अहिले जस्तो टेलिफोन अनि फेसबुक को जमना थिएन, रेडियो नेपाल को समचार बाहेक अरु उपाय थिएन , सबै घर मा रेडियो पनि हुदैन थियो, गाउँ घर मा जसको घर मा रेडियो छ उस्को घर मा साझ को घटना र बिचार सुन्न वरीपरि का मान्छे जम्मा भएको मालाई याद छ। त्यति बेला कुन्धन अर्याल ले घटना र विचार कार्यक्रम संचालन गर्नु हुन्थ्यो। बिस्तार गाउँ रेडियो को संख्या बढ्दै गयो मेरो घर मा पनि रेडियो २०५०- ५१ साल तिर भित्रियको जस्तो लाग्छ तर तिथि मिति भने याद छैन रेडियो नेपाल बाट प्रसारित सम्पूर्ण कार्यक्रम सुन्न जाँगर लाग्थ्यो तर ब्याट्री को दुख ले पुर्याई पुर्याई सुन्नु पर्थ्यो।
रेडियो नेपाल बाट प्रसारित बाल कार्यक्रम, मानवअधिकार शिक्षा रेडियो कार्यक्रम, शनिबारको रेडियो नाटक आदि कार्यक्रम नबिराई सुन्ने चलन थियो।अलि हुर्किएपछि ९-१० कक्षा पुगेपछि साइनो कार्यक्रम फेमस थियो रेडियोनेपाल को यस्तै यस्तै रमाइलो हाम्रो बाल्यकाल फेरी फर्किएर आउदैन कहिलेकाहीँ त यस्तो लाग्छ फेरी त्यो दिन फर्किदिए पनि कति राम्रो हुन्थ्यो होला।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]