२५ असार २०७७–सिन्धुपाल्चोक । लगातारको बर्षसंगै सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलाको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाएको खबर प्राप्त भएको छ ।
भारी वर्षासँगै गए राति ११ बजेतिर आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले बजार बगाएसंगै कती जनधनको क्षती भयो भन्ने एकिन नभएको प्रहरीको भनाई रहेको छ ।
बजार क्षेत्रमा पसको बाढीले अहिलेसम्म दुई जनाको शव फेला परेको छ भने १८ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप क्षतिको बिस्तृत विवरण आउनै बाँकी रहेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]