२५ आसार २०७७ काठमाण्डौ । नेपाल आयल निगम कर्मचारी संघ आधिकारिक ट्रेड युनियनका केन्द्रिय सदस्य भैरब बहादुर रावल माथी स्टोर शाखा प्रमुख बिकाश बखतीले गाली गलौज गर्दै कुटपिट गरेको खबर प्राप्त भएको छ ।
बरिष्ठ सहायक पदमा कार्यरत रावलले फण्ड शाखाका लागि अत्याबस्यक सामग्रीहरु क्रेडिट भौचर,टोनर,फोटोकपी पेपर माग फारम सहित माग्न जाँदा कोठा बाट गइहाल,चाहिदैन भन्दै गालि गलौज गरेको र अषाढ मसान्त लागेकोले दिनुस भन्दा उल्टै गर्धन तथा ढाडमा मुक्का प्रहार गरेको भन्दै आयल निगम कर्मचारी संघ आधिकारिक ट्रेड युनियनका महासचिब मधुमास कोबिद पुनले बिज्ञप्ती जारी गरेकाछन् ।
कार्यालय भित्रै एक कर्मचारीले अर्को कर्मचारीमाथी हातपात तथा गालिगौज गर्नु ,अपमानजनक र खेदपुर्ण भएकोले यस्ता कर्मचारी उपर सम्बन्धित निकायले कानुनी उपचा तत्काल गर्नुपर्ने र सम्मानपुर्बक काम गर्ने वातावरण श्रृजना हुनुपर्ने अन्यथा कडा आन्दोलनको सामना गर्नु पर्ने समेत उल्लेख गर्दै उक्त बिज्ञप्ती जारी गरिएको जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]