२६असार काठमाडौं । भारतीय सञ्चार माध्यमहरुले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुब शर्माको भनाई छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको जनाएको छ । च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण विहिबार साँझदेखि बन्द गरेका हुन् ।
सरकारले नेपालको विषयमा भ्रामक र आपत्तिजनक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने प्रष्ट पारेको छ ।
बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भने भारतीय मिडियामा नेपालको बिषयमा आएका समाचारको सरकारले भत्र्सना गर्दछ ।
‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भत्र्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।
आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्यले ठोस नीति बनाउनु पर्ने र इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति ल्याउनुपर्ने म्याक्स टिभीका उपाध्यक्ष शर्माको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]