२७ असार २०७७–खोटाङ्ग । भारतिय सेनामा कार्यरत सेनाका प्रशिक्षक समेत रहेका रबिन राईले जिल्लाको रावाबेशी गाउपालिका वडा नं. १ दम्कुमा रहेको कालिका आधारभुत विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको जानकारी प्राप्त भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी वडा नं.१४ बुइपा उर्लेनी घर भएका राई भारतिय सेनामा प्रबेश गर्नु अघी भलिबल खेलाडीको रुपमा परिचित रहेका थिए । खेलकुद सामग्रीको अभाबमा बिद्यालयमा शारिरिक ब्याएम नपुग्ने र फुर्तिलो बन्न नसक्ने ग्रामिण समस्या अफूले समेत भोगेको भन्दै उक्त विद्यालयको लागि २० हजार बराबरको देलकुद सामग्री सहयोग गरेको राई को भनाई रहेको छ ।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गर्दा आफुसंगै पढेको,बसेको र सधै संगै खेलकुदमा रमाउने साथी भएकोले विद्यालयलाई सहयोगको अनुरोध गर्दा राईले खेलकुद सामग्रीको लागि रकम उपलब्ध गराएको कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक टिकाराम राईले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]