२८ असार २०७७–खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा अबस्थित प्रसिद्व धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा रहेको बिश्वकै दुर्लभ रातो माछा निकाल्दै गरेका दुई जना स्थानीय पक्राउ परेको खबर प्राप्त भएको छ ।
बिश्वमै लोपोन्मुख रहेको बराहपोखरीमा पाइने रातो माछा डोकोले छोपेर निकाल्दै गरेको अवस्थामा स्थानिय ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जीतबहादुर राईलाई स्थानियको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताएकाछन् ।
पक्राउ परेका २ जनालाई रंगेहात जिउदो माछा सहित भेटिएकोले जिउदोलाई पोखरीमै हालेर बाकी मरेको बरामद गरी निजहरुलाई बराहपोखरीबाट जिल्ला ल्याइदै गरेको र निजहरुले ३५ किलो माथी माछा चोरी गरेको बुझिएकाले प्रतिवन्धित रातो माछा मार्ने उनीहरुविरुद्ध चोरी अन्तरगतको कारबाही चलाउने तयारी गरिएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जनाएकाछन् ।
मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरी परापूर्वकालमा स्थानीय १२ घर मगरबस्ती डुबेर पोखरी बनेको भन्ने कथन रहेको बराहपोखरी ३३० मिटर लम्बाई र २१० मिटर चौडाईको क्षेत्रफलमा फैलिएको छ ।
नेपालको १०० वटा गन्तव्यको सूचीमा समावेस रहेको बराहपोखरीमा पाइने दुर्भल रातो माछा मानवीय क्रियाकलाप जस्तै ः नुहाउने र लुगा धुने गर्दा बढेको फोहरमैला र साबुनको असर एबं पानी हाँसले समेत खाने कारणले सकिदै जानु र चोरी निकासीले संरक्षण गर्न नसकिएको स्थानियको भनाइ रहेको छ ।
पोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शंखेश्वरको पूजाआराधना गरेमा चिताएको कुरा पूरा हुने जनविश्वास रहीआएको छ । चारैतिर जङगलले घेरिएर बीच भागमा बनेको बराहपोखरीमा जीवनमा शान्ति मिलोस् भन्ने अपेक्षासहित जोडी परेवा उडाउने र माघे संक्रान्तिमा मकर नुहाउने,एकादसी मेला लाग्ने गरेको बराहपोखरीका वडाध्यक्ष टंक मगरले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]